कतारमा कामदारका लागि नयाँ नियम जारी

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
काठमाडौं । कतारमा कामदारहरुका लागि नयाँ नियम जारी भएको छ । यो नियम कामदारहरुका लागि एकदमै कडा किसिमको छ । गत डिसेम्बरदेखि कतार सरकारले लागु गरेको श्रमिक कामदारको प्रवेश, गमन (प्रस्थान) तथा आवास सम्बन्धि नयाँ कानुन बनाएपछि नयाँ काम खोज्न वा परिवर्तन गर्न पाउने नियम सुरु गरेको थियो । तर फेरि कतारको श्रम तथा सामाजिक मामिला मन्त्रालयले हालसालै आफ्नो वेभसाईट मार्फत नयाँ काम पाउनका लागि सोही देशको नागरिक, लिङ्ग र खाली भएको उही पदको भिसा हुनुपर्ने नियम जारी गरेको छ ।
जस्तै एक नेपाली पुरुष ड्राईभर (चालक) भिसामा काम छाडेर नयाँ कम्पनीमा जान चाहेमा जान लागेको नयाँ कम्पनीमा पनि नेपाली पुरुष ड्राईभरका लागि भिसा खाली भएको हुनुपर्नेछ ।
नयाँ नियम अनुसार अर्को काम खोज्नु अघि नै आफू कार्यरत कम्पनीमा एक महिना अगाडि नै खबर गर्नुपर्नेछ । साथै कुनै आपराधिक क्रियाकलापमा संलग्न नरहेको र करार अवधि सकिएको अथवा करार नसकिए पनि एनओसी लेटर साथमा भएको कागजात हुनुपर्नेछ । नयाँ काम परिवर्तन गर्ने सम्बन्धमा कुनै समस्या भए कतारको श्रम मन्त्रालयको प्राविधिक सहयोग केन्द्रमा सम्पर्क राख्न सूचना जारी गरिएको छ ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment