नेपालि कामदारको पासपोर्ट अनावश्यक राख्ने कम्पनिलाई २५ हजार रियालसम्म जरिवाना हुने प्रावधान छ ,

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
कतारमा आजदेखि आप्रवासि कामदारका लागि नयाँ नियम कार्यान्वयनमा आएको छ । कतार सरकारले कफाला प्रणाली संसोधन गर्दै मंगलबारदेखि नयाँ नियम कार्यान्वयनमा ल्याएको हो । नयाँ नियममा कामदारलाई थप अधिकार प्रदान गर्दै सहज व्यवस्था गरिएको छ ।
कफाला प्रणाली आधुनिक दास बनाउने प्रणाली भएको भन्दै चर्को आलोचना भएपछि विश्वकपको आयोजना गर्ने तयारी गरिरहेको कतारले कामदारलाई सहज बनाउने नियम लागु गरेको हो । नयाँ स्पोन्सरसिप प्रणालीले रोजगारदाता, कर्मचारी वा प्रवासी कर्मचारीका सम्बन्धलाई नियमन गर्नेछ ।
गएको वर्ष कतारको मन्त्रिपरिषद्ले नयाँ कानुनको मस्यौदा स्वीकृत गरी अन्तिम स्वीकृतिका लागि अमिरलाई पठाएको थियो । त्यसबेलै कतारको माथिल्लो निकाय अर्थात अमिरले यो नियम स्वीकृत गरेपनि डिसेम्बर १३ देखि लागु गर्ने जनाइएको थियो ।
कफाला प्रणालीमा रोजगारदाता वा मालिकले अनुमति नदिएसम्म लाश समेत स्वदेश फर्काउन सकिंदैन भने, कामदारले कम्पनी परिवर्तन गर्न पाउँदैन् । पासपोर्ट मालिकको हातमा हुन्छ, कामदारको काम, बसाई र आवतजावत रोजगारदाताले नियन्त्रण गर्छ ।
कफाला प्रणालीमा कामदारलाई दासको व्यवहार गरिन्छ । तर अव कामदारले चाहेको खण्डमा कम्पनी परिवर्तन गर्न पाउने छन् । नियम अनुसार विदा र स्वदेश फिर्तिका लागि पनि कम्पनीले विदा नदिए छुट्टै समिति बनाइएको छ र त्यहाँबाट विदा लिएर घर फर्किन सक्ने छन् । समितिले तीन दिन भित्रमा निर्णय गर्ने छ ।
सेवा अवधि रोजगारदाता कहाँ काम गर्न थालेको दिनबाट गन्ति हुनेछ । कामदारले अव रोजगारदाता परिवर्तन गर्न चाहेमा साविकको रोजगार दातालाई जानकारी गराए मात्रै पुग्ने छ । अनुमोदन गराइरहन पर्दैन । तर निश्चित अवधिका लागि सम्झौता गरेका कामदारले भने पहिल्यै जानकारी गराउनु पर्ने छ ।
काम परिवर्तन गर्न चाहने आप्रवासीले नयाँ ठाउँमा काम थाल्नु अघि प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयबाट अनुमति लिनु पर्नेछ । यस्तै करार अवधि हुँदै रोजगारदाता परिवर्तन गर्नु परेमा भने साविकको रोजगारदाताबाट अनुमति लिनु पर्नेछ ।
रोजगारदाताले अनुचित व्यवहार गरेको, शोषण गरेको प्रमाण देखाउन सके रोजगारदाता परिवर्तनको हक हुनेछ । नयाँ नियम अनुसार कतारमा काम गर्ने भिसा प्राप्तीका लागि करार अनिवार्य हुने र त्यस्तो करारपत्र आफ्नै देशमा हुँदै हेर्न सकिनेछ । नयाँ नियम घरेलु कामदारका लागि समेत लाभदायी छ । कामदारको पासपोर्ट अनावश्यक राख्ने रोजगारदातालाई २५ हजार रियालसम्म जरिवाना हुने प्रावधान छ ।
कतारमा २१ लाख बढि आप्रवासि मध्य झण्डै साढे चार लाख नेपाली कार्यरत छन् । कफाला प्रणाली खाडीका अन्य देशहरु बहराइन, कुवेत, साउदी अरब, युएई र ओमानमा यथावत छ ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment