कतारबाट नेपालमा अहिलेसम्मकै सस्तो दरमा फोन गर्न पाइने

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

कतारबाट सस्तो दरमा नेपालमा कल गर्न सकिने
कतारबाट सस्तो दरमा नेपालमा कल गर्न सकिने
काठमाडौः अब कतार गएको बेला पहिलेभन्दा सस्तो दरमा नेपालमा कल गर्न सकिने भएको छ । नेपाल टेलिकम र ओरिडु कतारबीच भएको सम्झौतासँगै नेपाल टेलिकमका जीएसएम पोस्टपेड मोबाइल प्रयोगकर्ताले कतारमा गएको समयमा पहिलेभन्दा सस्तो दरमा नेपालमा कल गर्नसक्ने भएका हुन् ।
नेपाल टेलिकम र ओरिडु कतारबीच सहुलियत दरमा रोमिङ सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो । गत मंसिर ३० गते कतारमा सम्पन्न उक्त सम्झौतामा नेपाल टेलिकमका तर्फबाट प्रमुख व्यावसायिक अधिकृत प्रदीपराज उपाध्याय र ओरिडु कतारका तर्फबाट एक्टिङ सीईओ आजिएस खालिद अल मन्सुरीले हस्ताक्षर गरेका छन् ।
यो सेवा जनवरीदेखि लागू हुने टेलिकमले जनाएको छ । योभन्दा पहिले सन् २००६ अक्टोबर १२ मा पनि नेपाल टेलिकम र ओरिडु कतारबीच अन्तर्राष्ट्रिय रोमिङ सेवासम्बन्धी सम्झौता भएको थियो । हाल सोही सम्झौताको महसुल दरलाई परिमार्जन गरिएको टेलिकमले जनाएको छ ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment