सुरुका दिनमा जस्तो जोस आउँदैन

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
म ३४ वर्षीय विवाहित तथा एक छोराको पिता हुँ । विवाह भएको ११ वर्ष भयो । मलाई अहिले सुरुका दिनमा जस्तो सेक्स इनर्जी आउँदैन अनि शुक्रकीट पनि कम उत्पादन भएजस्तो महसुस हुन्छ । किनभने हिजोआज एक रातमा ३ पटकभन्दा बढी यौनसम्पर्क गर्न गाह्रो महसुस हुन्छ । के कारणले होला ? शुक्रकीट कसरी वृद्धि गर्ने ? सेक्स इनर्जी बढाउने कुनै उपाय छ कि ? अनि अलि छिटो स्खलन पनि हुन्छ ।
तपाईंले के कुरालाई सेक्स इनर्जी भन्नुभएको हो, स्पष्ट भएन । सम्भवत: तपाईंले यौनेच्छा अनि यौन क्रियाकलापमा आफ्नो संलग्नता कत्तिको छ भन्ने कुरालाई संकेत गर्नुभएको हो । त्यसैले तपार्इंको प्रश्नको जवाफ दिनुभन्दा पहिले मानव यौनेच्छा अनि यौन क्रियाकलापमा मानिसहरू कत्तिको संलग्न हुन्छन् भन्ने चर्चा गरौं ।

यौनेच्छा हामीलाई प्रकृतिले दिएको विशेषता हो र यो सबै स्वस्थ व्यक्तिमा हुन्छ । यो हाम्रो वंश निरन्तरताका लागि पनि आवश्यक छ । यौनसम्बन्धी हाम्रा चासो तथा चाहनाहरू मस्तिष्कबाट सुरु हुन्छन् । मस्तिष्कबाटै यौन सम्पर्क राख्ने जस्ता आधारभूत व्यग्रता उत्पन्न हुन्छ । यौन संवेदनशीलतासम्बन्धी कुराहरूका साथै यौनइच्छालाई प्रभावित तुल्याउने हार्मोनहरूको उत्पादन तथा सञ्चालनमा पनि मस्तिष्कको महत्वपूर्ण भूमिका हुन्छ । यी सबै कुराको संयुक्त प्रभावबाटै यौनसम्बन्धी क्रियाकलापहरू निर्देशित हुन्छन् । यौन सम्पर्क होस् वा अन्य यौन क्रियाकलाप, ती वास्तवमा शारीरिक तथा मानसिक दुवैको समन्वयमा हुने जटिल प्रक्रिया हो । यौनेच्छा हुनु प्राकृतिक कुरा हो र त्यसलाई पूरा गर्न स्वाभाविक रूपमै यौनसम्पर्क राखिन्छ । यो कसैमा बढी र कसैमा कम हुन्छ र त्यसैअनुसार मानिसहरू त्यसमा संलग्न हुन्छन् । हामीलाई प्यास लागेअनुसार पानी पिउँछौं । धेरै लागे धेरै पटक र त्यति नलागे थोरै पटक । कतिपयले यौनेच्छा शान्त पार्न एकै दिनमा पनि केही पटक यौनसम्पर्क गर्छन् भने अर्कातिर कैयौं दिनसम्म सम्पर्क नराख्न सक्छन् ।

एक व्यक्तिले सामान्यत: हप्तामा यस्तै २ दशमलव ५ पटक यौनसम्पर्क राख्छन् । विवाहको तुरुन्तै पछि जोडीले अलि बढी यौनसम्पर्क राख्छन् । सामान्यत: विवाह गरेको पहिलो वा दोस्रो वर्षसम्म एक दिन (२४ घण्टा) मा एकपल्ट यौनसम्पर्क राखिन्छ । त्यसपछि भने यो क्रम हप्तामा २ देखि ३ पटकमा र्झछ अनि वयस्क जीवनको लामो समयसम्म त्यही स्थिति रहन्छ । बिस्तारै प्रौढ अवस्थामा पुगेपछि भने त्यसमा अझै कमी आउँछ ।

सेक्स इनर्जी किन नआएको होला ?
तपाईंले विवाह भएको ११ वर्षपछि पनि एक रातमा तीन पटक यौनसम्पर्क राख्न गाह्रो भएको कुरा गर्नुभएको छ । तपाईंले सामान्य रूपमा मानिसहरूले राख्ने यौनसम्पर्क भन्दा बढी यौनसम्पर्क राखी आउनुभएको देखिन्छ । यसरी हेर्दा तपाईंमा यौनेच्छा वा यौनशक्तिमा कमी भएको भन्ने अर्थ लगाउन मिल्छ जस्तो लाग्दैन । यस अर्थमा तपाईंले यस विषयमा पटक्कै चिन्ता नलिए हुन्छ ।

यहाँ अर्को पक्ष पनि छ । मुख्य प्रश्न के हो भने तपाईंलाई किन यौन शक्ति घटयो भन्ने लाग्यो ? तपाईंको समस्याको समाधान यसैमा अडिएको छ । तपाईंले यस विषयमा खासै केही लेख्नुभएको छैन । यो कुरा पक्कै हो कि केही व्यक्तिलाई सामान्य रूपमै यौन क्रियाकलापमा संलग्न भए पनि कम भएको हो कि भन्ने लाग्छ सक्छ भने अर्कातिर कतिपय व्यक्तिलाई जति नै यौनसम्पर्क राखे पनि नपुगेजस्तो लाग्छ ।


यहाँ तपाईंले विचार गर्नुपर्ने कुरा के हो भने यौनसम्पर्कमा संलग्न हुने क्रममा दैनिक जीवनयापनमै असर पर्न थाल्यो वा दैनिकी नै अस्तव्यस्त हुन थालेको छ कि छैन ? कुनै व्यक्तिमा यति नै यौनेच्छा हुनुपर्छ भन्ने छैन । हुनुपर्नेभन्दा बढी यौनेच्छा भएको स्थितिलाई अंग्रेजीमा excessive sexual desire भएको भनिन्छ, यसका लागि hyperactive sex वा hypersexuality शब्द प्रयोग गरिन्छ । कति यौनेच्छालाई बढी भन्ने कुरामा विज्ञहरूबीच अझै पनि विवाद नै छ । एक व्यक्तिले सामान्य मानेको यौनेच्छालाई अर्को व्यक्तिले कम वा बढी मान्न सक्छ, तर कसैको दैनिक सामाजिक जीवन नै बिग्रने वा तनावपूर्ण हुने गरी यौन व्यवहार देखिन थालेको स्थितिमा भने यौन चाहना बढीको स्थिति भन्न सकिने कुरामा भने सबैजसो समहत देखिन्छन् । तपाईंले आफूमा यौनचाहना अत्यधिक भएको भन्नुभए पनि यसरी दैनिक जीवन नै अस्तव्यस्त हुने गरेको छ भने विचार गर्नुपर्छ र चिकित्सकको सहयोग लिनुपर्ने हुन्छ । यस्तो किन हुन्छ भन्न त सजिलो छैन ।
त्यसका कमै मात्र शारीरिक कारण भेटिन्छन् र सम्भवत: हार्मोन वा मस्तिष्कमा आएका खराबी यस्ता कुराका कारण हुन्छन् । अन्य कतिपय स्थिति मनोवैज्ञानिक हुन्छन् ।

शुक्रकीट उत्पादनमा कमी भएको कसरी थाहा पाउनुभयो ?
शुक्रकिट पुरुषको अण्डकोषमा बन्छ । अण्डकोषभरि नै गुज्जमुज्ज परेको नलीकाहरू हुन्छन् जसलाई seminiferous tubules भनिन्छ । यही नलिकाको यात्रा गर्दै शुक्रकिटको उत्पादन प्रक्रिया पूरा हुन्छ । शुक्रकीट बन्ने क्रम पूरा हुन यस्तै ७० दिनजति लाग्छ । अण्डकोषभित्र रहेका नलिकामा यो क्रम निरन्तर रूपमा चलिरहेको हुन्छ । यद्यपि त्यतिबेलासम्म पनि शुक्रकीट परिपक्व भने भैसकेको हँुदैन । शुक्रकीट अझै पौडन सक्ने (गतिशील) स्थितिमा पुगिसकेका हुँदैनन् । अण्डकोषबाट अब शुक्रकिट अण्डकोषमै टाँसिएको अर्को अङ्ग Epididymis मा आउँछन् र परिपक्व हुन्छन् । तपार्इंलाई थाहै होला, यही शुक्रकिट नै वीर्यमा मिसिन्छन् र वीर्य स्खलनका बेला त्यसका साथसाथै बाहिर निस्कन्छ ।

वीर्य स्खनलमा शुक्रकीट निस्कने क्रमसँगै यो बन्ने क्रम पनि निरन्तर रूपमा चलिरहन्छ । सामान्यत: एकपटकको वीर्य स्खलनमा ३ करोडजति शुक्रकिट निस्कन्छन् । वयस्क पुरुषमा सामान्यत: एक दिनमा यस्तै १० करोड शुक्रकीट उत्पादन हुन्छन् । शुक्रकीट अति नै सानो हुने भएकाले प्रयोगशालामा परीक्षण नगराई त्यसको उत्पादन कम भएको कुरा थाहा पाउन सकिँदैन ।

कतै तपार्इंले वीर्यको मात्रा कम भएको कुरा गर्नुभएको पो हो कि ?

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment