अब कतारमा रहेका नेपाली समस्यामा पर्ने संकेत

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

अमृत पोखरे्ल,
मंसिर १८, दोहा, कतार ।

कतार सरकारले दिएको आप्रवासी कामदारका लागी आममाफीको मौका गुम्दा धेरै नेपाली समस्यामा पर्ने देखिएको छ । गैरकानुनी हैसियतमा बस्दै आएका आप्रवासी कामदारलाई दिएको आममाफीमा सहभागी नभएका नेपालीलाई अब कतारमा समस्या पर्ने देखिएको छ ।
कतारमा अबैध रुपमा कार्यरत केही नेपाली यो आममाफीको घोषणापछि नेपाल फर्किएपनि धेरै नेपाली अहिलेपनि कतारमै छन ।
अबैध रुपमा बसेका उनिहरुलाई कतार सरकारले कुनै कारवाहीबिनै नेपाल फर्कनका लागी गएको सेप्टेम्बर १ देखी ३ महिनाका लागी आममाफी दिने घोषणा गरेको थियो ।
तर कतारमा धेरै नेपाली अबैध रुपमा बसेका भएपनि १८ सय नेपालीले मात्रै यो मौकाको फाईदा लिएका छन । तर कतारमा भिषाबिनै बसेका नेपालीको सङख्या २० हजार बढि भएको अनुमान छ । कतारले बिनाकारवाही घर फिर्ता हुने मौका दिदाँसमेत नजानेहरुमाथी कतार सरकार कडा रुपमा प्रस्तुत हुने संकेत देखिएको छ । यसले कतारमा अबैध रुपमा बसेका नेपालीलाई ठुलो समस्या पार्न सक्ने देखिएको छ ।

SOURCE http://tvannapurna.com/

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment