कतार बसेर देशको चिन्ता गर्ने जिल्ला समन्यव समिति कतारको दोस्रो बैठक सम्पन्न

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
कतार बसेर देशको चिन्ता गर्ने जिल्ला समन्यव समिति कतारको दोस्रो बैठक सम्पन्न
चोम बिष्ट कतार । कतारमा स्थापना भई सामाजिक कार्यमा कृयाशिल जिल्ला स्तरिय संस्थाहरु बिचमा सहकार्य र हातेमालो गर्दै एकतावद्ध रुपमा अगाडि बढ्नुपर्छ भन्ने आवश्यकता महसुस गर्दै यस समन्वय समिति केहि समय अगाडि देखि गठन गरि आएको छ। मिति २०७३ साल मंसिर २४ गते तदानुसार ०९ डिसेम्बर २०१६ शुक्रवारको दिन यस जिल्ला समन्यव समिति कतारको दोस्रो बैठक सम्पन भएको छ।

उक्त बैठक यसै समन्वय समितिका संयोजक सुदर्शन भट्ट को संयोजकत्व मा र यसै समितिका सल्लाहकार आस बहादुर गुरुङ र बिष्णुलाल श्रेष्ठको बिशेष उपस्थिति रहेको थियो।भने बिभिन्न जिल्ला संघ संस्थाका प्रतिनिधिहरु बाक्लो उपस्थितिमा संचालन भएको सो बैठक संचालन समन्यव समितिका सदस्य सचिव असोक तामाङले गर्नु भको थियो।

उक्त बैठकमा बिभिन्न जिल्ला स्थरिय संस्थाबाट उपस्थिति भएर यस समन्वय समितिको आवश्यकता भएको हुदा सबैको ध्यान आक्रषण दिनको साथै सबैकोभुमिका हुनु पर्ने आवाज प्रस्तुत भएको थियो जस्मा ओखलढुङ्गा सेवा समाज का बालकृष्ण भित्रीकोटि,पाथिभरा सेवा समाजका दुर्गा प्याकुरेल,गोरखा सेवा समाजका सुदर्शन भट्ट,गुल्मि सेवा समाजका झबिन्द्र आचार्य,दाङ देउखुरि सेवा समाजका लिलामणि लामिछाने,कास्कि आर्दश सेवा समाजका मनप्रसाद रानामगर,बाके प्रवासि सेवा समाजका श्याम कुमार डि सि,रोल्पा जलजला सेवा समाजका चोम बहादुर बिष्ट,सुनसरि सिर्जनशिल परिवार का बिनोद कटुवाल,राजन कुमार कार्कि,अम्बिका आचार्य र नरेश श्रेष्ठ यसै गरि लमजुङ सेवा समाजका बिष्णुलाल श्रेष्ट,नुवाकोट सेवा समाजका हरिकृष्ण रिमाल,बिष्णु भण्डारी,समाज सेवा अभियान रुपन्देहिका डिल्लिराम भट्टराई,खोटाङ्ग सेवा समाजका रुद्र शर्मा,जैवी राइ र उदयपुर प्रवासी सेवा समाजका होम बहादुर बस्नेत लगाएत को उपस्थिति रहेको थियो।

उक्त बैठकमा उपस्थित सबै जिल्ला स्थरिय संस्थाका प्रमुख प्रतिनिधि हरुले यस जिल्ला स्थरिय समन्वय समिति को बारेमा परिचय संगै मन्तब्य दिने क्रममा सबैको भनाइ एकै थियो सबैमिलेर गरेपछि कुनैपनि कार्यक्रम लाइ सफल बनाउन कुनै गाह्रो छैन एकै ठाउँमा बसेर कार्यक्रम गर्दा कम खर्च हुने तथा कुनैपनि समस्या आइपर्दा सहयोग गर्न सजिलो माध्यम हुने हुदा यो समन्वय समिति आवश्यकता रहेको सबैबाट सहमत रहेको थियो।

यसरि हाम्रो कार्यक्रम संचालन गर्दा कतारमा रहनु भएका सम्पुर्ण नेपालीहरुको एकता रहेको संदेश बिश्व भर पुग्ने र एक उल्लेखनिय कार्यपनि हुने बताइएको छ। यसैगरि विभिन्न पन्ध्र जिल्ला सस्थाको उपस्तिथि रहेको बैठकले सस्थालाइ औपचारिकता दिन मन प्रसाद राना मगर को संयोजकमा बिधान मस्यौदा समिति चयन गरेको छ सदस्यहरुमा अशोक तामाङ,नेरेश श्रेष्ठ,बिष्णु लाल श्रेष्ठ,श्याम डि सि मनोनीत गरेको छ। आगामी जनवरी २० तारिख अर्को बैठक बसि बिधान पारित गरि नेपालि दूतावास मा सूचीकरण गरि सस्थाको फेब्रुअरी १० मा सबै जिल्ला सस्थाको भेलाले एकता गरेर लैजाने समन्वय समितिले निर्णय पारित गरेको छ।

बैठकको अन्त्यमा समन्वय समितिका संयोजक बोल्दै कम्तीमा प्रत्येक जिल्ला सस्थाहरुलाइ एकता गरि ठुला चार्ड पर्व हरु एकै ठाउँ गर्दा खर्चमा कमि आउने नेपालीहरुमा सकारात्मक सन्देश जाने भएकोले यो भन्दा अघि नै जिल्ला समन्वय समिति गठन भएको थियो ।

समितिका समयोजक सुदर्शन भट्टले हरेक गतिविधि र समस्या रहेका नेपाली लाई समेत उद्दार राहत मिल्ने भएकाले यस्तो कार्य थालनि गर्न लागेको बताउदै आउँदो बैठकमा कतारमा स्थापित जिल्ला स्थरिय संस्थाका प्रतिनिधि ज्युहरुलाइ यस समाजिक कार्यमा लाग्न समेत आवाह्न गर्दै बैठक समापन गर्नु भको थियो।
SOURCE http://www.janaboli.com/

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment