कतारमा समस्या परे मानवअधिकार आयोगमा उजुरी दिन सकिने

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
नेपाली कामदारका गुनासा र उजुरी सुन्न राष्ट्रिय मानव अधिकार आयोग र कतारको राष्ट्रिय मानवअधिकार समितिले एउटा संयुक्त उजुरी संकलन केन्द्र खोल्ने सहमति गरेका छन्। पछिल्लो निर्णयसँगै अब कतारी मानवअधिकार समितिको कार्यलयमा स्थापित संयुक्त डेस्कले नेपाली कामदारका हकहितका विषयमा अनुगमन र अनुसन्धान गर्ने भएको छ।

सन् २०१५ मा नेपाल र कतारले आप्रवासी कामदारको अधिकार संरक्षणका लागि एउटा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। सो समझदारीपत्रको कार्यान्वयन योजनामा दुवै देशका मानवअधिकार हेर्ने निकायहरुले आइतबार काठमाण्डौंमा हस्ताक्षर गरेका हुन्।

उक्त डेस्कबाट आयोगले त्यहाँ हिंसा, मानव अधिकार उल्लंघनदेखि समस्यामा रहेका कामदारहरुको उजुरी लिने जनाएको छ। आयोगकी प्रवक्ता मोहना अन्सारीले कतारमा रहेका नेपाली कामदारले कुनै समस्या भोगेमा नेपाली दूतावास वा मानव अधिकार समितिमा उजुरी दिन सक्ने बताइन्। ‘उजुरीमा तत्काल छानवीन र समाधानमा ध्यान जानेछ,’ उनले भनिन्, ‘तत्काल समस्या समाधान गर्ने गरी विशेष संयन्त्र निर्माण हुनेछ।’ कतारमा करिब ५ लाख नेपाली कामदारहरु रहेको अनुमान छ।

कतार सरकारले गत साता आप्रवासी कामदारहरुको हितमा अर्को निर्णय पनि गरेको थियो। उनीहरुले जागिर परिवर्तन वा देश छोड्न रोजगारदाता कम्पनीको अनुमति लिनुपर्ने वाध्यात्मक व्यवस्थालाई हटाउने निर्णय गरिएको थियो।
source nepalkhabar

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment