बालश्रमको अनुगमन तीव्र

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0


विराटनगर, ४ पुस – बालश्रम उन्मूलन गर्ने उद्देश्यले विराटनगरका विभिन्न होटल, फ्रेस हाउस तथा ग्यारेजमा बालश्रमको अनुगमनलाई तीव्रता दिइएको छ ।विराटननगर उपमहानगरपालिकाका अधिकृतद्वय राजेन्द्र प्रधान र डिल्ली धिमालको नेतृत्वमा परिचालित दुई टोलीले आइतबार नगरका विभिन्न होटल, ग्यारेज, फ्रेसहाउस तथा रेस्टुरेँन्टमा अनुमन तथा निरीक्षण गरेको थियो ।
अनुगमनका क्रममा बाल श्रमिक पाइएका व्यावसायिक प्रतिष्ठानका व्यावसायिक प्रमाणपत्र जफत गर्नुका साथै उनीहरुलाई पुस ७ गतेभित्र विराटनगर उपमहानगरपालिकामा सम्पर्क राख्न पत्र थमाइएको अनुगमनमा खटिएका विराटनगर उपमहानगरपालिकाका प्रशासन प्रमुख राजेन्द्र प्रधानले जानकारी गराए ।मानवअधिकार तथा वातावरण मञ्च ९फरेन०को संयोजनमा भएको सो अनुगमनमा संयुक्त टोल सङ्गठन नगर समिति, ट्रेड युनियनका नेताहरु, प्रहरी तथा विभिन्न सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधि सहभागी थिए ।गत जेठ महिनामा विराटनगर बालमैत्री नगर घोषित भएकाले यस नगरभित्र बालश्रम नसुहाउने भएकाले विराटनगर उपमहानगरपालिकाले अनुगमनलाई तीव्रता दिएको हो ।

source=http://www.lightnepal.com/ 

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment