म प्रधानमन्त्रीबाटै विद्रोह गर्ने पक्षमा छु : प्रचण्ड

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
चितवन, ३ पुष ।प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्ड ले पछिल्लो घटनाक्रमले देशमा ठूलो राजनीतिक दुर्घटना हुने खतरा आफूले देखेको बताएका छन् । चितवनमा शनिबारदेखि सुरु भएको नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले देशमा पुनः सामन्तीतन्त्र फर्काउने प्रयास भइरहेको र ०४७ साल तिर देशलाई फर्काउन खोजिएको दाबी गरे ।
‘२०४७ साल तिर त फर्कने होइन २०७४ साल तिरै जाने हो,’ अंक जोडेरै उनले भने, ‘दुई अंक चार सात(४७) र सात चार(७४) संयोगले मात्र हो ।’ठूलै शक्ति संघीयतालाई खारेज गराउने षड्यन्त्रमा लागि रहेको बताउदै उनले यसको विरुद्धमा एकजुट भएर लड्नुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले आदिवासी जनजातिको योगदान विना अहिलेको परिवर्तन सम्भव नभएको बताउदै जनजातिहरुको माग पुरा गराउन आफू प्रतिबद्ध रहेको बताए ।
प्रधानमन्त्री दाहालले यो देश एउटा कुनै जाति विशेष पेवा, उपल्लो वर्गको ठेकेदारी मात्रै होइन भन्दै सबै जातजाति, संस्कृति धर्मको साझा देश भएको बताए ।
‘आदिवासीका अगाडि सवै बाहुन एकै हुदैनन्, कोही सामन्ती सोचका हुन्छन, कोही आदिवासीका हकका लागि ज्यानै हत्केलामा राखेर हिडने हुन्छन्, एकथरी बाहुन क्षेत्रीले अहिले संघियताकै खारेजीमा लागेछन्,’ प्रधानमन्त्रीले भने, ‘म प्रधानमन्त्रीको कार्यालयबाट विद्रोह गर्नेमा छु ।’ राजधानीमा खबर छ ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment