युनिटी जस्तै खाडीमा मौलायो नेपालीहरूकाे अर्को ठगी धन्दा

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
नेटवर्किङ विजनेशका नामबाट करोडौं रुपैयाँ ठगी गर्ने युनिटी लाइफ एस्योरेन्सका सञ्चालकहरु जेलको हावा खाइरहेका छन् ।
मुुलुकमै आर्थिक क्रान्ति ल्याउने भन्दै लाखौं नेपालीलाई ठगी गरेका युनिटीका मुख्य सञ्चालकहरु मध्ये केही अझै पनि फरार सूचीमा छन् ।
रातारात करोडपति बन्न सकिने सपना देखाएर ठगी गर्न पल्केकाहरु नेपालमा नेटवर्किङ्का नाममा ठगी गर्न नपाएपछि विदेशमा नेपालीहरुलाई नै ठगी गरिरहेका छन् । नेपालमा नेटवर्किङ बिजनेस बन्द भएपछि नेपालीहरुलाई ठग्न पल्केका नेपालीहरुले नै विदेशमा रहेका नेपालीहरुलाई दिनदहाडै लुटिरहेका छन् ।
नेपालमा रोजगारको अभावमा खाडी मुलुकमा काम गर्न गएका नेपालीहरुलाई नेटवर्किङ लाग्न उत्प्रेरित गर्दै ठगी गर्न थालिएको छ । मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (यूएई) लगायतका विभिन्न देशमा बैदेशिक रोजगारीम रहेका नेपालीहरु आईबोस ग्लोबल नेटवर्किङ्को नामबाट ठगिँदै आएका छन् ।
आईबोसले हङकङ, भारत, इण्डोनेसिया, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड, अमेरिका, कोलम्बिया र भियतनाममा पनि आफ्नो नेटवर्क रहेको जनाएको छ । विलासी जीवन विताउनेदेखि आकाशमा उड्ने सपना देखाएर आईबोसले नेपालीहरुलाई ठगिरहेको छ ।
को हुन् आईबोसका सञ्चालक
आईबोस ग्लोबलका सञ्चालक नेपाली नै छन् । हब खड्का भन्ने ब्यक्ति यो नेटवर्कको मुख्य सञ्चालक हुन् । खड्काले एमजीएच ग्लोबलको नामबाट नेटवर्किङ धन्दा सुरु गरेका थिए ।
अहिले उनैले नाम बदलेर आईबोस ग्लोबल बनाएका छन् । नेपालमा उत्पादित सामानहरु विभिन्न देशका विक्री गर्ने तथा गर्नुका साथै नेपालमा आफ्नै चियाबगान रहेको र हर्बल कम्पनी नेपालमा शुरु गर्न लागिएकोले यसको मालिक बन्न पाउने प्रलोभन सदस्य बनाउनका लागि दिने गर्छन् ।
‘विदेशमा गएका नेपालीहरु सधै मजदुर मात्रै हुने भएकाले अब मालिक बन्नुपर्छ । हाम्रो कम्पनीले बिदेशी कम्पनीहरुले नेपालीहरु माझ गरी रहेको ब्यापारमा प्रतिष्पर्धा गरी बिदेसमै रोकिने पैसा कम्सेकम नेपाल पुग्छ’ भनी प्रलोभन दिने गरेका छन् । अनि नेपालीहरु विदेशीले काम गर्दा पनि नेपाली लिडर बन्न सक्ने सपना सदस्य बनाउनका लागि बाडिन्छ ।
डलरमा सदस्य
आईबोस ग्लोबल नेटवर्कमा सदस्य बन्नका लागि नेपालीहरुले ८४ डलरदेखि ३ सय ६५ डलरसम्म तिर्नुपर्छ । यसका सदस्य तीन किसिमबाट बन्न सकिने र धेरै डलरको सदस्य भए झनै फाइदा हुने भ्रम पनि उनीहरुले बाँड्ने गर्छन् । सदस्य बन्दा लाग्ने शुल्क बराबरको सामान पाइने भएको कुनै घाटा नहुने भन्दै सदस्य बन्न प्रेरित गरिन्छ ।
नेटवर्किङ बिजनेस एक सदस्यले अरुलाई सदस्य बनाउदै जाने ब्यापार हो । अरुलाई सदस्य बनाएबापत कमिशन आउने र आफू भन्दा माथि सदस्य आफै बढ्दै जाँदा मनग्गे आम्दानी हुने र आफै मालिक हुन पाउने सपना देखाएपछि जो कोहीलाई पनि आकर्षित गर्छ ।
आईबोस ग्लोबलले नेपालमा उत्पादिन अर्गानिक सामान तथा बायो प्रोडक्टका सामानहरु सदस्यहरुलाई बिक्री गर्ने गरेको छ ।
युनिटीको ठगी धन्दा पनि सरकारले नेटवर्किङ ब्यापारमा रोक लगाएकाले नेटवर्किङका नाममा ठगी गर्नेहरुले नेपालमा नेटवर्किङ ब्यापार गर्न पाउनुपर्ने भन्दै नेताहरुसँग लबिङ गरिरहेका छन् ।
पहिले अमेरिकामा हेड अफिस रहेको भनिएको आईबोस ग्लोबलले अहिले थाइल्याण्डमा हेडअफिस रहेको जनाएको छ । आईबोस ग्लोबल अहिले युकेमा रजिष्टर भइसकेको आईबोस ग्लोबल कतारका कन्ट्री डाइरेक्टर नेत्र न्यौपानेले बताए ।
कतारमा लिडरसिप कार्यक्रममा सहभागी ।
कतारमा लिडरसिप कार्यक्रममा सहभागी ।
यसरी बाँडिन्छ सपना
देशको श्रमशक्ती दिनानुदिन बाहिरिदो अवस्थामा रहेकाले आफ्नो देशको श्रम शक्ति रोक्न सकिन्छ र बाहिरिएको युवा शक्ति आफ्नै देशमा फर्काउनु पर्छ भन्ने उद्देश्यले आईबोस ग्लोबलको स्थापना भएको त्यसका सदस्य भएका लिडरहरु बताउँछन् ।
आफ्नैदेशमा खेरगइरहेको जङलका जडिबुटीबाट केहि सामान उत्पादन गरी आफ्नै देशमा स्वरोजगारको ब्यवस्था गर्नका लागि आईबोस ग्लोबल कम्पनीको जन्म भएको भन्दै सदस्यहरुलाई प्रशिक्षित गर्ने गरिन्छ ।
कम्पनीका एक लिडर न्यौपाने भन्छन्– यो कम्पनीको तीन वटा भिजन छ । पहिलो स्वास्थ्य, दोस्रो सुरक्षा र तेस्रो आर्थिक । नेटवर्किङ ब्यापारमा प्रत्यक्ष विक्री गरिने भएकाले विज्ञापनदाता, डिलर, सप्लायर्स लगायतमा पर्ने खर्च नलाग्ने भएकाले सस्तो पर्ने प्रचार गरिन्छ ।
आईबोसले जस्तै युनिटीले पनि नेपालीहरुलाई सपनाको संसार देखाएर करोडौं ठगी गरेको थियो । आईबोस पनि नेपालमा कुनै अबैध छ । आफ्नै देशमा अवैध रहेको र अन्य देशहरुमा पनि दर्ताको कुनै प्रमाण नभएको आईबोसका सञ्चालकहरु हरेक हप्ता काठमाडौं आएर पाँचतारे होटलहरुमा ऐस आराम गर्ने गरेको पीडितहरु बताउँछन् ।
SOURCE khabardabali.com

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment