कतारबाट आयो खुशिको खबर कम्पनीले विदा नदिएपनि घर फर्किन सकिने

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
काठमाडौं, मंसिर २७ – कफाला प्रणालीमा संसोधन भएपछि कतारबाट आकस्मिक घर फर्किने कामदारलाई सहज हुने भएको छ । कम्पनीले विदा नदिएर कामदारले अव छुट्टै समितिमा निवेदन दिएर घर फर्किन सक्ने छन् । यसका लागि छुट्टै समिति बनाएर डेक्स स्थापना भएको छ ।
समितिको कार्यालय मदिना खालिफामा रहेको पुरानो ट्राफिक विभागको कार्यालयमा रहने छ । समितिको डेक्स आइतबारदेखि बिहिबारसम्म खुल्ला रहने छ । घर फर्किन कम्पनीले विदा नदिएका कामदारले समितिमा निवेदन दिन सकिने छ ।समितिले कम्पनीलाई तत्काल खबर गर्ने र तीन दिन भित्रमा निर्णय दिने छ । कम्पनी सम्पर्कमा नआए अथवा विदा नदिनको उपयुक्त कारण नभए समितिको सिफारिसमा घर फर्किन सकिने छ ।
यो नियम मंगलबारदेखि कार्यन्वयन हुनेछ । कतारको आन्तरिक मन्त्रालयले अधिकार अनुसार पाउने छुट्टि र आपतमा छुटि नपाएमा गुनासो गर्न सकिने जनाएको छ । मन्त्रालयका अनुसार समितिको निर्णय चित्त नबुझे मन्त्रालयमा समेत निवेदन दिन सकिने छ ।
गैर कानूनि बसेका कामदार र कुनै मुद्दा नलागेका कामदारले यो सुविधा लिन सक्नेछन् । तत्कालका लागि फर्म भर्ने व्यवस्था गरिएको भएपछि यसलाई अनलाइन सिस्टममा लैजाने तयारी भैरहेको दोहा न्युजले जनाएको छ ।
source http://ujyaaloonline.com/

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment