प्रधानमन्त्रीले आज सहमतिका लागि पहल गर्ने, एमाले सहमतिमा नआए आफ्नै ढंगले अघि बढ्ने सरकारी रणनीति

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0


काठमाडौं, ३ पुस । प्रमुख प्रतिपक्ष दलले संसोधन फिर्ता नगरि संसदको अवरोध नखुलाउने अडान लिएपछि सरकारले संविधान संसोधन विधेयकलाई संसदीय प्रक्रिया अघि बढाउने तयारी गरेको छ । भोली बस्ने व्यवस्थापिका संसदमा संसोधन विधेयक टेबुल गर्नेगरि छलफल भइरहेको छ । आज सत्तासन दलबीच छलफल गरेर भोलीको बैठकमा कसरी अगाडी बढ्ने भन्नेमा रणनीति तय हुनेछ ।


प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकाबीच पनि सरकारले संविधान संसोधन विधेयक टेवुल गर्ने माओवादी केन्द्रका प्रवक्ता पम्फा भूषाले जानकारी दिइन ।
सभामुुख ओनसरी घर्तीसँगको सहमतिमा विधेयक सोमबार नै टेवुल गर्न सरकारलाई समय दिनेगरि कार्यसूची बनेको छ । प्रवक्ता भूषालले विधेयक टेबुले हुनेगरि कार्यसूची बनेको दावी गरे । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्ष दलका अध्यक्ष केपी शर्माओलीसँग छलफल गर्ने सहमतिको वाताबरण नबने आफ्नो ढंगले अघि बढ्ने रणनीति छ ।

source:http://www.lightnepal.com/

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment