मलेसियामा कार्यरत नेपाली कामदारले आजदेखि लेबी बुझाउनु नपर्ने

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
काठमाडौं, पुस १७ – मलेसियामा कार्यरत नेपाली कामदारले आज आइतबारदेखि लेबी बुझाउनु नपर्ने भएको छ । मलेसिया सरकारले रोजगारदाता कम्पनीलाई नै लेबी तिर्नुपर्ने निर्णय गरेपछि कामदारले लेबी बुझाउनुनपर्ने भएको हो ।
मलेसियाले सन् २०१७ देखि लागु हुने गरी रोजगारदाताले नै लेबी बुझाउनुपर्ने निर्णय गरेपछि मलेसियामा कार्यरत झण्डै साढे ६ लाख नेपालीलाई फाइदा पुग्नेछ । रोजगारदातालाई कामदारप्रति थप जिम्मेवारी बनाउने उदेश्यले नयाँ नियम ल्याएको मलेसिया सरकारले जनाएको छ । यस्तै मलेसियाले आप्रवासी कामदारको सेक्युरिटी डिपोजिटबारे पनि पुनरावलोकनको तयारी भइरहेको जनाएको छ ।
SOURCE http://ujyaaloonline.com/

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment