Loading...
हेर्नुहोस भिडियो
धेरै समय सम्म स्थिर रहेको तेलको भाउ यो वर्षको मे महिना देखि बढ्न थाल्यो । विश्व बजारको भाउ केलाउँदै कतारमा विशेष सरकारी कर्मचारीहरु बाट बनेको समितीले हरेक महिना भाउ फेरबदेल गर्ने स्विकृती पाएको थियो । फलस्वरुप यो वर्ष तेलको भाउ तीन पटक बढ्यो । हाल पेट्रोलको भाउ प्रति लिटर १.५५ पर्छ भने डिजेलको भाउ १.५० पर्दछ ।
२. दुई ठुला फुटबल खेल
कतारमा यो वर्ष दुई ठुलो फुटबल खेलहरु भए । पहिलो खेल विश्व प्रख्यात स्प्यानिस फुटबल क्लब बार्सिलोना र साउदीको अल अह्ली क्लब बीच डिसेम्बर १३ मा अल घराफा स्टेडिएममा करिब १८०० दर्शकहरु माँझ भयो । खेल बार्सिलोना ले ५–३ ले जितेको थियो ।
त्यस्तै ईटालियन कपको फाईनल खेल अन्तर्गत डिसेम्बर २३ मा नै एसी मिलान र जुभेन्ट्स विरुद्धको खेल अल साद स्टेडियममा भयो । खेल पेनाल्टी सुटआउटमा एसी मिलान ले ४–३ ले जित्न सफल भयो ।
३. हजुरबुवा शेख खलीफा बिन अल थानी को निधन
यही वर्ष तत्कालीन राजा का हजुरबुवा शेख खलिफा बिन हमाद अल थानी को २३ अक्टोबर का दिन ८४ वर्षको उमेरमा निधन भयो । १९७२ देखी १९५५ सम्म कतार शासन गर्नुभएको शेख खलीफा कै शासनमा कतारले ब्रिटिस बाट स्वतन्त्रता तथा आधुनिक अर्थतन्त्रमा तीब्र प्रगती पाएको थियो । उहाँको निधन मा कतारले तीन दिने शोक मनाएको थियो ।
४. श्रमिक सम्बन्धी नयाँ कानुन लागु भयो
डिसेम्बर १३ देखि कतारमा रहेका झन्डै २० लाख प्रबाशी श्रमिकहरुका निमित्त नयाँ श्रमिक कानुन लागु भयो । पुरानो कफाला कानुन हटेर २०१५ को कानुन नं २१ अन्र्तगत श्रमिकको प्रवेश,गमन तथा आवास को नयाँ कानुन सुरु भयो । यस कानुन भित्र श्रमिकले नयाँ काम खोज्न पाउने देखि सरकार बाटै गमन पत्र पाउने लगायतका कुराहरुको ढोका खुल्यो ।
५. कतार नेशनल बैकंको डाटा लिक
अप्रिल महिनामा कतार नेशनल बैकंको ठुलो मात्रामा ग्राहकहरुको नाम,फोन नम्बर,खाता नम्बर तथा पासवर्ड लिक गरेर समाजिक सन्जालमा भाइरल बनाइएको थियो । तर उक्त घटना कसले र के उदेश्यका लागी ग¥यो भन्ने प्रश्नको उत्तर आएन ।
६. सुर्तीजन्य सम्वन्धी नयाँ नियम
सुर्तीजन्य पदार्थको उत्पादन तथा प्रयोगलाई नियन्त्रण गर्न कतारका राजा शेख तामीम बिन हमाद अल थानी बाट २०१६ को कानुन नं १० जारी भयो । यस पश्चात सार्वजनिक स्थानहरुमा वा सवारी साधन भित्र धुम्रपान गरीएको भेटिएमा तीन हजार कतारी रियाल सम्मको जरिवाना हुने भयो । त्यस्तै कुनै पनि सुर्तीजन्य पदार्थ वा विधुतीय चुरोट को उत्पादन तथा बेचबिखन पुर्ण रुपमा प्रतिवन्ध गरीएको छ । नियम उल्लघंन गरेमा कम्तीमा ६ महिना जेल सजाय र एक लाख सम्मको जरीवाना तिर्नपर्नेछ ।
७. ट्रान्जीट भिषा र ई–गेट सेवा
कतारमा पर्यटक लाभान्वित गर्ने उदेश्यका साथ यसैवर्ष देखि ट्रान्जीट भिषा सुरु भयो । यस भिषा अन्तर्गत कतारमा ट्रान्जीट परेका कतार एयरलाइन्स्का यात्रुहरुले बिना कुनै पुर्व आवेदन विना नै ९६ घन्टा सम्म कतार बस्न पाउनेछन् ।
त्यस्तै यही वर्ष प्रवासी यात्रुहरुको सजिलोको लागी ई–गेट सेवा सुचारु भयो । विमानस्थल भित्र हुने यात्रुको चापलाई घटाउन र छिटो छरितो काम गर्न यो सेवा सुचारु गरिएको हो । यो सेवा प्रयोग गर्दा राहादानी नियन्त्रण अधिकृत द्धारा स्वीकृती लिन वा राहादानीमा प्रस्थान वा आगमनको स्ट्याम्प हान्न पहिलेको जस्तो लामो लाइनमा कुरेर बस्नुपर्ने छैन् । यसले यात्रुको कागजपत्रको गोपनियता तथा सुरक्षा राख्नेछ । यो सेवा प्रयोग गर्नाले धेरै यात्रा गर्दा धेरै स्ट्याम्प लगाउँदा राहादानीको पाना सकिने झन्झट पनि बन्द गर्नेछ ।
८. नेशनल डे मनाईएन
सिरिया राष्ट्रको अलेप्पो शहरमा भईरहेको हिंशा बिरुद्ध एक्यबद्धता जनाउन कतारले यो वर्ष नेशनल डे मनाएन ।
कतारका राजा शेख तामिम बिन हमाद अल थानी ले सबै मनोरन्जन का कार्यक्रमहरु रद्ध गर्न आदेश दिनुभएको थियो । सोही दिन दोहा को कर्नेशमा हुने आर्मी प्यारेड,बेलुका हुने आतिसबाजी ,फायरवर्क,,एसियन टाउन मा हुने सांस्कृतिक कार्यक्रम साथै देशका विभिन्न ठाउँमा हुने कार्यक्रमहरु भएन । तर सार्वजनिक बिदा भने भयो ।
९. नेपाल र कतारबीच समझदारीपत्रमा हस्ताक्षर
नेपालको राष्ट्रिय मानवअधिकार आयोग र कतारको राष्ट्रिय मानव अधिकार समितिबीच आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी समझदारीपत्रको कार्यान्वयन योजनामा हस्ताक्षर भयो ।कार्यान्वयन योजनाका मुख्य बुँदामा प्रभावकारी सूचना आदानप्रदानका लागि सम्पर्क अधिकृत तोक्ने, वैदेशिक रोजगारीमा पठाउने निजी कम्पनीलाई प्रशिक्षित गर्ने, नेपाली कामदारको गुनासो समाधानको सहजीकरणका लागि निःशुल्क कानुनी सहयोग कतारको मानवअधिकार समितिले प्रदान गर्ने उल्लेख छ ।
१०. फेरी पनि विश्वकै धनी र सुरक्षित राष्ट्र
कतार लगतार पछिला बर्षहरु झै यो बर्ष पनि विश्वकै धनी, अरबको सबै भन्दा सुरक्षित र विश्वकै दोस्रो सुरक्षित राष्ट्रमा राख्न आफुलाई सफल भएको छ।
११. नेपाली व्यवसायी प्रकाश कोइराला बाट नेपाली ४० लाख सहयोग
आठ बर्ष देखि कतारमा व्यवसाय गर्दै आएका व्यवसायी एवं समाजसेवी प्रकाश कोइरालले हालसालै भएको दुवई स्थित नेफ्टा अवार्ड समारोह सम्म पुगी धुर्मुस् सुन्तली फाउन्डेसनको नयाँ प्रोजेक्टका लागि नेपाली ४० लाख सहयोग गरेका छन ।
तल हाम्रो फेसबूक मा लाईक गरी हामी सँग जोडीनुहोश ।
THIS CONTENT IS TAKEN FROM http://qnradio.com/ VISIT THIS SITE FOR MORE QATAR NEWS

Post a Comment