यी हुन् यम बुद्धकी श्रीमती, यसकारण राखेका थिए अनिलले आफ्नो नाम,‘यम बुद्ध’

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0




काठमाडौं, २ माघ । झापाको विर्तामोडमा एनसेलले एउटा कार्यक्रम तय गरेको थियो । त्यो कार्यक्रममा सहभागी हुन चर्चित गायक यम बुद्ध अर्थात अनिल अधिकारी पनि गए । करिब १२ बजेको थियो उनको मोबाइलमा घरबाट फोन आयो,‘हजुर आमा बित्नुभयो ।’ यो खबरले स्तब्ध बनेका अनिल घर पुगे तर, घरबाट बुवाले ‘म सम्हाल्छु तिमी जाउ’ भनेपछि कार्यक्रममा फर्किए । तर, उनले त्यो कार्यक्रममा आमाकै बारेमा गीत गाउँनु पर्ने थियो । गीत आधा नहुँदै अनिल भक्कानिए । उनले सम्झे,‘आमाले मलाई जन्माइन, हजुर आमाले पालन पोषण गरिन् र हजुरआमालाई नै आमा भन्थेँ ।’
यो घटनाले अनिलले उनै यमा बुद्धलाई पटक–पटक झस्काइरहन्थ्यो । तर, उनै अनिल अधिकारी यम बुद्धले शनिबार बेलायत स्थित लन्डनमा आफू बसेको घरमा आत्महत्या गरेपछि उनका समर्थकहरुलाई स्तब्ध बनाएको छ ।
लन्डनको नर्थ होल्डस्थित निवासमा पत्नीसहित बस्दै आएका २९ वर्षीय गायक यम बुद्धलाई बिहान ६ बजेर १० मिनेट जाँदा मृत अवस्थामा फेला पारिएको बीबीसी नेपाली सेवाले जनाएको छ
yama Buddha1

यस्तो छ यम बुद्धको कहानी
मोरङको सलकपुरमा जन्मिएका अधिकारी आफ्नो न्वारनको नाम अनिलबाट भन्दा यम बुद्धबाट चर्चित थिए । उनलाई स्टेजमा यम बुद्ध भनेर बोलाइन्थ्यो । युवा किशोर र किशोरी माझ निकै लोकप्रीय गायक अधिकारीले आफ्नो जुराएको कथा केही महिना अघि कान्तिपुरको साप्ताहिकसँग सुनाएका थिए ।
बाहिरि दुनियाँमा यमबुद्ध त्यति लोकप्रिय वा चर्चित नभएपछि सामाजिक सञ्जालमा भने उनी नेपालका लोकप्रीय व्यक्तिहरुको स्थानमा अग्रभागमा थिए । ¥याप गित गाउने यमबुद्घ युट्यूबमा अपलोड गरिएका कारण युवा पुस्ताको प्रिय भएका हुन् । सन् २०१३ अनिलले अस्मिता अधिकारीसँग विवाहा गरेका थिए ।
उनी विदेशमा भएको समय यही क्षेत्रका साथी भाईहरूसँगको वसाईका क्रममा दोहोरी चल्यो । आजकल फेसबुकमा प्रोफाइल बनाए जस्तो त्यहाँ पनि तिनीहरूको प्रोफाइलमा बुद्धको नाम देखेपछि उनलाई बुद्धबारे ठूलो महशुस भयो । ‘यो कुराले मलाई छोयो म बुद्धको देशमा जन्मेको मान्छे हरेक मानिसमा हिंसात्मक र अहिंसात्मक अर्थात् ९राक्षस र देवता०को दुवै गुण हुने बुद्ध देवता अर्थात शान्तिको प्रतिक भए राक्षसी रुपलाई यम भनेर सम्बोधन गर्ने भएकोले दुवै स्वरुप मिलाउँदा यम बुद्ध भई यो नाम जुर्न पुगेको हो,’ उनले एक साप्ताहिकसँगको कुराकानीमा भनेका थिए ।
उनलाई कलाकारको अवस्था नसुध्रिएको प्रति निकै चिन्ता थियो । त्यसैले त अनिल भन्थे,‘आफुले गाएको गीत बजाएर अरुले कमाई गर्ने आफु चै जहाँको त्यहीँ भइने । त्यसैले कलाकारले पनि गरी खाने बाटो बनाई दिनु प¥यो । गीत चर्चित हुने नाम चल्ने तर खल्ती जहिले पनि खाली । तपाईहरुले पनि देखि रहनु भएको छ नि । निर्माताहरू गाडी चढेर हिँड्छन् कलाकार जहिले पनि पैदलका पैदल । खोई त बाँच्ने आधार । यै सिलसिलामा म तपाईंलाई एउटा कुरा भनुँ नेपालका एक जना नाम चलेको कलाकार हुनुहुन्छ वहाँँको यो क्षेत्रको क्यारियर र मेरो उमेर बराबरी हो । सुन्छु वहाँको यो अवस्था शुरुमा जस्तो थियो अहिलेसम्म पनि त्यस्तै छ । नाम चाहीं किटान नगरौं । यस्तो अवस्था हुनु भएन । मेरो यो अडान हो यसले कसैलाई फाईदा या बेफाईदा के गर्छ सरोकार राख्दिन । एक्लो वृहस्पति झुठा हुन्छ भन्छन् म आफ्नो अडान छाड्दिन । राम्रो सोचे राम्रै नराम्रो सोचे नराम्रै हुन्छ । यस्तो कहिले सम्म ?’
उनले कलाकारलाई सरकारले सहयोग गरेर एउता मापदण्ड निर्धारण गरिदिनुपर्ने माग समेत सुनाएका थिए ।
yama
विवाहकाे क्रममा अनिल अधिकारी र उनकी श्रीमती अस्मिता अधिकारी

‘कलाकारको काम साधनामा डुब्ने र सिर्जना गर्ने मात्र हुनु पर्छ । सरकारले राम्रो सिर्जनाको प्रचारप्रसार र त्यसबाट प्राप्त आम्दानीको केही भाग प्रचार गर्नेलाई, सिर्जना गर्नेलाई र स्वयं आपूmलाई समेत छुट्याउनु पर्छ । कलाकारले सिर्जना तिर लाग्ने कि चाकरी तिर लाग्ने । श्रोताका लागि गाउने आफु चाहीं साधना गर्ने नै हो,’ उनले भनेका थिए,‘सरकारले के गर्ला भन्ने तिर लाग्ने होइन त्यता फर्कने हो भने राजनीति घुस्छ र झन विग्रन्छ । म त भन्छु कलाकारलाई सक्षम बनाउने, बनाउन सहयोग गर्ने, तिनको सिर्जनालाई प्रचार प्रसार गरेर, निश्चिन्त भएर बाँच्ने आधार तयार गरिदिनुप¥यो । कलाकारले यही कुरा बुझ्नु प¥यो । यही नबुझेर चाकरी तिर लाग्छन् अनि केहीले फाईदा उठाइरहने केही कलाकारले दुःख पाई राखेको हो । यही बुझ्न जरूरी छ ।’
yama buddha

त्यसो त अनिलको परिवार राजनीतिमा सक्रिय छ । तर, उनले आफ्नै पिताले भने आफ्नो गीत त्यति मन नपारएको बताएका थिए ।
‘हो मैले आमाको बारेमा, दिदीको बारेमा, नेता र राजनीतिका बारेमा, बेचीएका चेलीबेटीका बारेमा गीत बनाएँ तर बाबाको विषयमा गीत बनाइन कारण मैले कहिल्यै सत्य लुकाउन पनि सकिन र लुकाउन पनि खोजीन त्यसो हुँदा व्यक्तिगत आक्षेपका कुरा आउन सक्ने देखेकोले बाबाको विषयमा कहिल्यै गीत बनाउन चाहिन,’ उनी भन्थे,‘मेरा गीतहरू बाबालाई कहिल्यै मन परेनन् ।’
उनले हजुर आमाको नाममा एउटा संस्था समेत खोलेका थिए । सोही संस्थाको नाममा सामाजिक काममा सक्रिय हुने उनको चाहना थियो ।
उनको निकै चर्चित गीतहरु छन् । साथी,आमा च्यालेन्ज,खतरा, यो प्रसंग लगायत थुप्रै उनका गीतहरु चर्चामा छन् ।
From Diyopost

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment