महिनावारी हुँदा यौन सम्पर्क गर्ने कि नगर्ने ? पर्त्येक पुरुषले ख्याल गर्नु पर्ने १० प्र्योगहरु

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
महिलाहरुको शरीरमा हुने नियमित जैविक प्रक्रिया हो मासिक श्राव । तर यो विषयमा थरिथरिका विचारहरु पाइन्छन् । परम्परागत हिन्दू धार्मिक मान्यताल महिनवारीको समयलाई अछूतका रुपमा व्यवहार गर्दछ । हिन्दूहरुका अनुसार, महिनावारी हुँदा महिलाको शरीरबाट फोहोर रगत निस्किने हुँदा उनी अशुद्ध हुन्छिन् ।
त्यसैले महिनाबारी हुँदा महिलालाई खाना पकाउन नदिने, पूजाआजामा सहभागी हुन नपाइने, अरुसँग नछोइकन बस्नुपर्ने नियम बनाइएका छन् ।

तर समयक्रम परिवर्तन हुँदै जाँदा यो प्रक्रियालाई सामान्य नियमित जैविकीय अवस्थामा लिएर महिलाहरुलाई महिनावरी भएकै कारण गरिने छुवाछूतलाई अस्वीकार गर्ने मान्यता र संस्कारको विकास हुँदै गएको छ। महिनावारी हुँदा शरीरबाट फोहोर रगत निस्किन्छ तर उचित सरसफाई गर्ने हो भने महिलासँग कुनै किसिमले छुवाछूत हुनुहुँदैन भनेर सामान्य व्यवहार गर्ने चलन बढ्दै गएको हो । चिकित्सा विज्ञानले महिनावारीलाई सामान्य अवस्था मान्दछ । सरसफाईमा विशेष ध्यान दिने भने आग्रह गर्दछ विज्ञानले । तर महिलालाई टाढै राख्नुपर्ने, यसलाई अनौठौ र अशुद्ध अवस्थाका रुपमा हेर्न नहुनेमा सबैले जोड दिएका हुन्छन् ।।



तर यौनसम्पर्कको बारेमा नि ? यहाँ पनि थरिथरिका गलत र भ्रामक धारणाहरु फैलिएका हुन्छन् । कतिपयले महिनावारीमा यौनसम्पर्कको कुरा गर्दा छिः छिः भन्ने गर्दछन् भने कतिपये यसलाई सामान्य अर्थमा लिन्छन् । महिनाबारीमा सेक्स गर्ने कि नगर्ने त ? हिन्दू मान्यताले त महिलालाई छुनै नहुने भन्छ त्यसैले त्यो आधारमा हामीले कुरा गर्दैनौं तर स्वास्थ्यविज्ञानले भने यस्तो अवस्थामा पनि यौनसम्पर्क गर्न सकिने बताउँछ । मुख्य कुरा सरसफाईको भएकोले त्यसमा ध्यान दिने हो भने सेक्स गर्न महिनावारीले नछेक्ने स्वास्थ्यविज्ञानले बताउँछ । आउनुस् महिनावारी सेक्सका बारेमा केही तथ्यहरु थाहा पाऔं ।

१. महिनाबारी हुँदा सेक्स गर्न सकिन्छ तर यसका लागि कण्डमको प्रयोग अनिवार्य गर्नुपर्छ । योनीको कोमलता बढ्ने र पुरुषको लिंगको घर्षणले संक्रमणको सम्भावना हुने भएकोले कण्डमको प्रयोग गर्दा सुरक्षित सेक्स गर्न सकिन्छ । मासिकश्रावको बेला बग्ने रगत खराब हो, यसले हानी गर्छ भनेर डराउनु पर्दैन । यदि पुरुष र महिलामा कुनै यौनरोग छैन भने यसले फरक पार्दैन । तर यदि पुरुष या महिलाको यौनांगमा घाउ, खटिरा छ, घाउ छ या कुनै किसिमको यौनरोग छ भने यो निकै छिटो सर्न सक्छ । त्यसैले यो कुरामा विशेष ध्यान दिनुपर्दछ ।

२. महिनाबारीको बेला हुने सम्भोगबाट गर्भ रहने सम्भावना निकै कम हुन्छ । केही अवस्थामा भने महिनाबारी भएको बेला पनि गर्भ रहन सक्ने सम्भावना हुन्छ । खासगरी महिलाको योनीभित्र छिरेको विर्यमा भएका शुक्रकिट केही दिन बाँच्ने भएकाले र अनियमित महिनाबारी हुने महिलामा गर्भ रहन पनि सक्छ । तर यो सम्भावना निकै न्यून हुन्छ ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment