सावधान कतार मा : हरेक दिन हरेक सडकहरुमा राडार सार्दै मन्त्रालय यो सुचना सक्दो सेयर गर्नुहोला

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

सावधान : हरेक दिन हरेक सडकहरुमा राडार सार्दै मन्त्रालय


ट्राफिक नियम उल्लंघन घटाउन र नियम मिच्ने सवारी  चालकलाई सजायको घेरामा ल्याउने उदेश्यका साथ आन्तरिक मन्त्रालयले देशको विभिन्न स्थानहरुमा अस्थाई मोबाइल क्यामेराहरु जडान गर्न थालेको छ । क्यामेराहरु हरेक दिन विभिन्न सडकहरुमा सार्ने मन्त्रालयले जानकारी दिएको छ । क्यामेराहरु राख्ने सडकहरुको विवरण मन्त्रालयले हरेक दिन आफ्नो फेसबुक तथा ट्विटर पेज बाट दिनेछ ।
तोकिएको गति भन्दा बढी गतिमा हाक्ने सवारी लाई ५०० कतारी रियाल सम्मको जरिवाना रहेको छ ।
बढ्दो सवारी चाप संगै विभिन्न बहानामा सवारी नियम उल्लघंन गर्ने सवारीहरुलाई कारवाही गर्न ट्राफिक शाखाले एक हप्ता अघि देखि यस्तो नयाँ उपाय अपनाउन थालेको छ । सवारीको गति पत्ता लगाउने क्षमता भएका क्यामेराहरुले तोकिएको गति नाघ्ने सवारी साधनलाई निगरानीमा राख्दछ ।
मोबाइल क्यामेरा हिजोराती अल समाल रोड,एफ रिङ्ग,सल्वा,युनिभर्सिटी स्ट्रीट,एयर फोर्स,लिएबीब स्ट्रीट सडकहरुमा जडान गरिएको आन्तरिक मन्त्रालयले आफ्नो ट्वीटर मार्फत जानकारी दिएको छ । देशको सबै भागमा यस्तो क्यामेराहरु दैनिक रुपमा सार्ने मन्त्रालयले थपेको छ ।मेबाइल क्यामेराले सडकको सुरक्षा बढाउने आशा गरिएको छ ।
source qnradio

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment