Loading...
हेर्नुहोस भिडियो
Sponsored by Revcontent
From The Web
Watch: How I Really Cured My Fungus with This Simple Trick
Generate A High-Quality User Experience with Revcontent
Join Revcontent To Increase User Engagement and Reach
बिज्ञान र प्रविधि भनेको यहि हो सायद । बिज्ञानको बिद्यार्थी मनिषलाई प्रबिधिप्रति विश्वास थियो तर वास्ताविक जीवनमा यी सब यति छिटो गर्छु भन्ने लागेको थिएन । नेपालको राजनीतिक परिवेश, बेरोजगारको कारण युवाहरुको हरिबिजोग, बन्द हड्ताल, अनि देशको यो नाजुक अबस्थाले नेपालबाट लखेटिएका मनिष एक चोटी त स्वदेश फर्किए । तर विदेशको सुविधा, विदेशको रमझम र त्यहाको सिस्टम भुल्न नसकेपछि उनी फेरि विदेश जाने सोचमा महानगरका सडकहरु भौतारिरहे । दैनिक पत्रिकाका प्रत्येक पन्नाहरु पल्टाउन थाले र सयौं मेन पावर धाउन थाले ।
यहि क्रममा यू ए इ स्थित रोड ट्रान्सपोर्ट अथुरिटी आर टी ए द्वारा संचालित दुवै मेट्रोको पत्रिकामा बिज्ञापन देखे । करिब पौने लाखको तलब सुबिधा देखेपछि उनी अन्तर्वार्ताको लागि तयारीमा जुटे ।दुबैको एक बर्षको बसाई, उनको त्यताको अनुभब र मिठो अंग्रेजी बोल्ने हुँदा पनि उनलाई यो कम्पनिमा जागिर हुनेमा पक्कापक्की थियो ।
भनौ उनको भाग्य नै यहिबाट सुरु भयो, थोरै कामदारको आबश्यकता तर थुप्रै नेपाली बेरोजगार यूवाहरु बीचको प्रतिस्पर्धामा उनी त्यस कामको लागि योग्य भए र कम्पनीको अफर लेटर उनको हातमा आइपुग्यो । एक साधारण नेपाली यूवाको लागि तत्कालीन समयमा पौने लाख बराबरको तलब, अनि त्यो पनि कस्टुमर सर्विस असिस्टेन्ट जुन बैदेशिक रोजगारीको लागि गतिलो जागिर हो ।
कस्टुमर सर्विस असिस्टेन्टबाट प्रमोसन भई सेर्को लिमिटेड दुबई मेट्रोको डिपोट कन्ट्रोलर हुने मौका पाउने एक मात्र नेपाली हुन् धरानका मनिष राई । उनको काम कम्प्युटरबाट दुबई मेट्रो संचालन गर्ने हो । हरेक दिन कम्युटरबाटै मेट्रो रेल गुडाउन सुरु गर्ने, प्रत्येक स्टपमा रोक्ने, यात्रु चढाउने, ढोका बन्द गर्ने ढोका खोल्ने र यात्रु ओराल्ने सबै कम्प्युटरको माउस बाट उनले संचालन गर्दछन् उनी । र अहिले पनि उनी दुवई सहरमा एक्लै यहि काममा रमाइरहेका छन् ।
दुवै मेट्रोको डिपोट कन्ट्रोलर मनिषसंग काम गर्ने प्राय सबै नागरिक यूरोप लगायत अन्य बिकसित देशका छन् । उनी भन्छन् ‘हामी नेपालीले पनि मेहनत गर्न सके र इमान्दार बन्न सके इमान्दारिता र मेहनतको यो खाडी मुलुकमा सम्मान हुँदो रहेछ ।’ के यो पेशामा मिलेको सफलाताले बाबा आमा खुशी हुनुहुन्छ त भनेर प्रश्न गर्दा उनी भन्छन्, ‘पढाउने र पढाइ सकेपछि छोराले कमाओस भन्ने बुबा आमाको चाहाना हो तर मैले पढेर भन्दा पनि जिन्दगीमा परेर धरै सिकेको छु र अहिले यहि खाडी बसेर भने जति मनग्य कमाएको छु ।’ उनी खुशी भए, Yes My parent’s are happy !
सफलता अघिको यात्रा
अहिले पनि एसएलसीमा फस्ट डिभिजन आउने बित्तकै आफ्नो छोरा छोरिले साइन्स पढोस भन्ने चाहाना सबै बुबाआमाको हुन्छ । १० र १२ बर्ष पहिलेत झन् नहुने कुरै भएन, त्यस्तै चाहना थियो धरानका मनिष राइको बुबाआमाको । एसएलसी सक्ने बित्तिकै उच्च सिक्षा हाँसिल गर्ने ठुलो लक्ष्य बोकेर काठमाडौँ हानिए मनिष । आफ्नो बुबाआमाको सपना पुरा गर्न उनी काठमाडौँ आएको केहि दिनमै काठमाडौँको ठमेलमा रहेको अमृत साइन्स क्याम्पसमा आइएससीमा भर्ना भए । आइएससी सक्ने बित्तिकै सोहि क्याम्पसमा भर्ना भए बिएसीमा । आफ्नो मेहनतको फल र बुबाआमाको लगानी खेर नगएपनि बिएसी सकेर उनी काठमाडौँको कल सेन्टरमा काम गर्न थाले ।
काठमाडौँको बसाइमा कल सेन्टरको काम र साइन्स जस्तो पढाइ एकै साथ् कुदाउन उनलाई हम्मे हम्मे नै भयो । काम गरे पढाइलाइ सहज तरिकाले अघि बढाउन अफ्ठेरो, काम नगरे फेरी काठमाडौँको खर्च धान्न धेरै गाह्रो । उनलाई त्यो समयमा बढो सकसनै पर्यो । जागिर छोडेर घरबाट पैसा मगाउन पनि उनलाई अफ्ठेरो भयो र एकाएक विदेश जाने निर्णयमा पुगे ।
पत्रिकामा निस्किने सामान्यतया खाडी मुलुकको लागि फ्री भिसा र फ्री टिकेटको बिज्ञापन खोज्न थाले र अन्तत यू ए इ सहरको दुवइको एक कम्पनीमा खुला प्रतिस्पर्धामा नाम निकाली उनी दुवै सहर हान्निए । उनको विदेश जाने सपना त पुरा भयो । तर उनको पढ्ने रहर भने अधुरै रह्यो । पढ्न पठाएको छोरा एकाएक विदेश हानिएपछि बुबाआमा पनि त्यति खुशी हुन सकेनन् । र विदेश गएको छोराले झन् पैसा नै कमाउन सकेन भने बुबाआमा कति दुखि होलान् ? यस्तै भयो राइको परिवारमा ।
तर मनिषले हरेश खाएनन् । उनी केही गर्न र जीवनमा केही बन्न चाहान्थे । यो देशले उनलाई काम दिएन । देशभित्रै बेरोजगार भएर भौतारिरहदाँ उनले फेरि विदेश जाने सोच बनाए । अनि उनले फेरि पत्रिकाका विज्ञापनहरु हेर्न थाले ।
त्यहि क्रममा यू ए इ स्थित रोड ट्रान्सपोर्ट अथुरिटी आर टी ए द्वारा संचालित दुवै मेट्रोको पत्रिकामा बिज्ञापन देखे । करिब पौने लाखको तलब सुबिधा देखेपछि उनी अन्तर्वार्ताको लागि तयारीमा जुटे ।
दुबैको एक बर्षको बसाई, उनको त्यताको अनुभब र मिठो अंग्रेजी बोल्ने हुँदा पनि उनलाई यो कम्पनिमा जागिर हुनेमा पक्कापक्की थियो ।
दुबई पुगेपछि उनको सपना मात्र पुरा भएन । नेपाली युवाको क्षमतालाई जगजाहेर गर्न पनि पाए ।
यूएईको दुवई शहर स्थित देहेरामा रहेको अल रिग्गा मेट्रो स्टेसनमै भेटेर टिभी जर्नलिस्ट यादब देबकोटाले राई संग कुराकानी गरेका थिए ।
FROM NEWS24
Post a Comment