कतारमा ज्यान गुमाएकाका दुई परिवारलाई आर्थिक सहयोग

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
दोलखा, माघ २६– कतारमा ज्यान गुमाएका दोलखाका दुई जनाका परिवारलाई आर्थिक सहयोग गरिएको छ । इन्टरनेशनल कोअर्डिनेशन सोसाइटी दोलखाको पहलमा संकलित रकम कतारमा ज्यान गुमाएका दोलखा झ्याँकूका आङदावा शेर्पा र विन्दु थामीको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।
शेर्पाको परिवारलाई ३० हजार पाँच रुपैयाँ र थामीको परिवारलाई २० हजार पाँच रुपैयाँ प्रदान गरिएको छ ।
कतारमा कार्यरत शेर्पाको गएको असोजमा र थामीको दुई महिना पहिले ज्यान गएको थियो । सोसाइटीले कतार लगायत देशमा कार्यरत नेपालीबाट संकलित रकम हस्तान्तरण गरेको हो ।
इन्टरनेशनल कोअर्डिनेशन सोसाइटी रोजगारीका लागी विभिन्न देशमा पुगेका दोलखालीले स्थापना गरेको संस्था हो । सोसाइटीको १३ वटा देशमा सञ्जाल रहेको अध्यक्ष हरिबहादुर खत्रीले बताउँनुभयो ।
Source http://radiosolu.org

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment