जाजरकोट बस दुर्घटनाः मृतक २६ मध्ये २१ जनाको सनाखत (अपडेट)

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
खलंगा जाजरकोटमा भएको बस दुर्घटनामा ज्यान गुमाएका २६ मध्ये २१ जनाको सनाखत भएको छ। सदरमुकाम खलंगाबाट साल्म गाविसको खाराका लागि छुटेको ना ३ ख २२७९ नम्बरको यात्रुबहाक बस छिन्चु–जाजरकोट सडक खण्डको बोहरा गाँउ नजिकै बिहीबार साँझ दुघर्टना हुँदा ज्यान गुमाएका २६ मध्ये २१ जनाको सनाखत भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाएका लहँ–४ का रामबहादुर बस्नेत, साल्म–५ का नन्दलाल जैसी, सीमा–९ का मदन पुन, भेरीमालिका नगरपालिका–१० का सन्तोष राना, भेरीमालिका–११ का गोपाल सुनार, सोही ठाउँका सर्मिला सुनार, भेरिमालिका–४, का नविन चन्द र गणेश बोहरा, भेरीमालिका–३ का शान्ता सुनारको सनाखत भएको प्रहरीले जनाएको छ। यसैगरी दशेरा–१ का डिलबहादुर बुढा, रुकुम चौरजहारी–४ का कृष्ण गिरी, दशेरा–२ का मनीराम जैसी, भेरीमालिका नगरपालिका–१२ का बहादुर भनारी, मजकोट–७ का दले तिरुवा , भेरीमालिका–१३ का हिउँसर गिरी, स्वीकोट सल्यानका उदय बुढा, भेरीमालिका–११ गोप्लो सुनार, पजारु–८ का नैने दमाई, भेरीमालिका–८ का चैते खत्री, जुंगाथापाचौर–५ का भरत विसी र गर्खाकोट–२ का हरिबहादुर शाहीको सनाखत भएको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिए। मृतकमध्ये पाँच जनाको अझै सनाखत हुन सकेको छैन। बस दुर्घटना १५ जनाको घटनास्थलमै ज्यान गएको थियो भने ९ जनाको उपचारका क्रममा जिल्ला अस्पतालमा र दुई जनाको उपचारका लागि चौरजहारी लैजाँदै गर्दा मृत्यु भएको प्रहरी नायव उपरीक्षक रिमालले बताए। बस दुर्घटनामा ३६ जना घाइते भएका छन्। भेरीमालिका नगरपालिका–४ बोहरागाँउ नजिकै जंगलको मोडबाट बस करिब तीन सय किलोमिटर तल पासागाड खोलामा खसेको थियो। २३ जनाको चलानी लिएर गएको बसले बीचबाटोमा थप यात्रु राखेर कम्तिमा ६२ जना सवार रहेको प्रहरीले जनाएको छ। यात्रुले खचाखच भरिएको बसको ब्रेक फेल भएर दुघर्टना भएको प्रहरीको अनुमान छ। भेरीगंगा यातायात समितिको थोत्रो बस, यात्रुको अत्याधिक चाप र ओरालो बाटोमा तिव्र गतिमा गाडी हुइँकिएकाले अनियन्त्रित भएर दुघर्टना भएको घाइतेले बताएका छन्। यसअघि पनि दुई वर्षअघि जाजरकोटको भूरमा बस दुघर्टना हुँदा ५४ जनाको ज्यान गएको थियो।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment