एउटै परिवारका चार जनाको मिर्गौला फेल, सहयोगको याचना

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
पर्वत, फागुन २७ – पर्वतको कुर्घा–२ का त्रिलोचन शर्माका पूरै परिवार मिर्गौला पीडित छन् । मिर्गौला फेल भएर प्रत्यारोपण गरेका तथा प्रत्यारोपणमा सहयोग गरेका परिवारका हरेक सदस्यको शरीरमा एउटा एउटा मिर्गौला छ । दश वर्षदेखि यस्तै समस्या भोग्दै आएको यस परिवारले मिर्गौला फेल भएकै कारण २६ वर्षको जेठो छोरा प्रकाश पौडेल गुमाउनु पर्‍यो । माइली छोरी र कान्छो छोराको मिर्गौला प्रत्यारोपण गरिएको छ । शर्माकी श्रीमतीको पनि दुईवटै मिर्गौला फेल भएको र मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था छ ।
‘परिवारका सबै सदस्य मिर्गौलाबाट पीडित हुँदा घरबास उठ्यो’ पीडित त्रिलोचन शर्माले भन्नुभयो । श्रीमती प्रेमकुमारी पौडेलको अहिले डायलासिस भइरहेको छ । उहाँलाई मिर्गौला प्रत्यारोपण गर्न जरुरी भइसकेको शर्माले बताउनुभयो । मिर्गौला प्रत्यारोपण गरिएका माइली छोरी र कान्छो छोराको मिर्गौलामा पनि संक्रमण भइरहने भएकोले नियमित औषधि खानुपर्ने बाध्यता छ । कान्छो छोरा दीपकलाई उनकै ठूलो दिदी शारदा शर्माले एउटा मिर्गौला दिएपछि प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण पछि नियमित औषधि खाँदा महिनाको २० हजार जति खर्च लाग्ने पीडित दीपक शर्माले बताउनुभयो ।गएको फागुनदेखि श्रीमती प्रेमकुमारीको समेत दुवै मिर्गौलाले काम गर्न छाडेपछि परिवारमा पीडामाथि पीडा थपिएको हो  । प्रेमकुमारीलाई अहिले नियमित डाइलासिस गर्नुपर्ने अवस्था छ । सरकारले डाइलासिस निःशुल्क गरेपनि डाइलासिस गर्दा औषधि र सुई किन्न मासिक ४० हजार भन्दा बढी खर्चहुने गरेको छ ।
भारतको मुम्बईमा काम गरी परिवारको खर्च टार्दै आउनुभएको त्रिलोचन शर्माले परिवार नै मिर्गौला पीडित भएपछि आफू मर्माहत भएको बताउनुभयो । ‘ऋणधन, जग्गा जमीन बेचेर तत्कालिन खर्च टारेपनि अहिले आर्थिक संकटमा परेको छु’ उहाँले भन्नुभयो । छोराछोरी र श्रीमतीको उपचारकै क्रममा घरघडेरी, जग्गाजमिन सबै बिक्री गरेका त्रिलोचन सहयोगको खोजीमा पर्वत सदरमुकाम आउनुभएको छ । ‘उपचार गर्दागर्दै घरघडेरी, जग्गाजमिन सबै सकियो’ तिलोचनले भन्नुभयो ‘संसारमा कसैलाई पनि यस्तो दुःख नपरोस ।’ उहाँले परिवारका सदस्यमा मर्गौला समस्याले अहिलेसम्म डेढ करोडबढी उपचारकै क्रममा सकिएको बताउनुभयो ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment