विश्वकै क्रुर शासक किमको बुइ यि ब्यक्ति चढेपछि के भयो हेर्नुहोस्

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
एजेन्सी । विश्वकै क्रुर शासक हुन् उत्तर कोरियाका नेता किम जोंग–ऊन । आफूलाई प्रेमभन्दा बढि डर पैदा गर्ने कुरामा विश्वास गर्ने किम अहिले केही परिवर्तन भएको संकेत गर्न केही खुशी र उत्साहाले भरीएका तस्विरहरु सार्वजनिक गरेका छन् । बिबिसीका अनुसार यि तस्विरहरु गत हप्ता उत्तर कोरियाको एक रकेट इन्जिन परिक्षणपछि सार्वजनिक गरिएका हुन् । इन्जिन परिक्षण निकै सफल भएको जसका कारण रकेटको उद्योगमा उत्तर कोरियाका लागि यो ‘नयाँ जन्म’ जस्तै भएको भनी उत्तर कोरियाली नेता निकै दंगदास भएको तस्विरमा देख्न सकिन्छ । जुन तस्विरहरु सरकारी न्यूज एजेन्सी केसिएनएले सार्वजनिक गरेको थियो । तस्बिरमा शासक किम टाढाबाट मिसाइल हेरिरहेको देखिन्छ भने उनको अनुहारमा छुट्टै चमकसहितको मुस्कान छ । उनी नजिकै रहेका अधिकारीसँग हात मिलाइरहेको देख्न सकिन्छ । यसै तस्बिरमा एक अधवैंसे व्यक्ति उनको बुइ चढेको देख्न सकिन्छ । परमाणु परिक्षणमा ती व्यक्तिको महत्वपूर्ण भूमिका हुनसक्ने अनुमान गरिएको छ । उनी मिसाइल फोर्सका इन्चार्ज हुन् । रकेट इन्जिन परिक्षण सफल भए लगत्तै उनी खुशीले फुरुगं हुँदै किमको बुई चढ्न पुगेका थिए ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment