साबधान ! अबदेखि हस्तमैथुन गरे एक सय डलर जरिवाना तिर्नुपर्ने

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
टिभी अन्नपूर्ण ६ चैत्र, काठमाडौं ।

अमेरिकाको टेक्सास राज्यका एक महिला सांसदले हस्तमैथुन गर्ने पुरुषलाई एक सय डलर जरिवाना गर्ने प्रस्ताव राखेकी छन् ।

डेमोक्रेटिक सांसद जेसिका फर्रारले यस्तो प्रस्ताव राखेकी हुन् । बच्चाहरुको सुरक्षा हरेक तर्फबाट हुनुपर्नेमा जोडदिँदै यस्तो प्रस्ताव राखेकी हुन् । कोही व्यक्ति स्त्रीको यौनिभन्दा बाहिर स्पर्म निकाल्छ त्यो अजन्मे बच्चाको विरुद्धको कार्य भएको भन्दै त्यस्तालाई कारवाहीको प्रस्ताव गरेकी हुन् । ‘पुरुषलाई जान्न पाउने अधिकार’ विषयक एक क्याम्पमा भनिन्, महिलाका लागि केही गोप्य हेल्थकेयर कानुन बनाएर समस्यामा पारिन्छ । तर पुरुषको लागि केही पनि कानुन छैन् । यसमा उनीहरुलाई खासगरेर गर्भपतनको क्रिज गरिन्छ ।


जेसिका फर्रारले भनिन्, नसबन्दी वा वियाग्राको लागि पर्चा मिल्नुभन्दा पहिले एक अवधि सम्म प्रतिक्षा गर्नु अनिवार्य छ । यही तरिकाले मेडिकलको हिसावले गैर जरुरी डिजिटल रेक्टर जाँचको लागि पनि यसरी नै प्रतिक्षा गर्नुपर्छ ।


उनले हेल्थ केयर पदाधिकारीका कारण अमेरिकामा महिलाहरुले समस्याको सामना गर्नुपरेको बताईन् । उनले उत्तेजनाको वर्गीकरण गर्दै योनिको बाहिर शुक्राणु निकाल्न प्राकृतिक सिद्धान्त विपरितको कार्य भएको दाबी गरिन् । पुरुषहरुलाई समेत महिलालाई जस्तै मापदण्डमा ल्याउनुपर्नेमा जोडदिँदै उनले त्यसका लागि कडा कानुनको आवश्यकता रहेको बताईन् ।

from tvannapurna

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment