तपाई संग कतार, दुबई, साउदी लगाएत कुनै लाइसन छ भने यसरि निकाल्नुस नेपाली बिना ट्रायल

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

धेरै जसो नेपाली हरु संग विदेशी सवारी चालक अनुमति पत्र त हुन्छ तर नेपालमा त्यो अनुमति पत्रले सवारी साधन चलाउन पाइदैन ! नेपामा सवारी चलाउनलाइ नेपाली लाइसन्सनै आवस्यक पर्दछ ! फेरी नेपालमा सवारी साधनको लाइसन निकाल्नलाइ धेरै कठिन भैसकेको छ ! कि त घुस खुवाउनु पर्यो कि भने सबै टेस्ट पास गरेरै निकाल्नु पर्ने हुन्छ ! घुस खुवाउने हरुले त जसो तसो निकाल्लन तर आफै टेस्ट दिएर निकाल्छु भन्ने हरुलाई घुसिया हरुले कुनै न कुनै हालतमा फेल बनाउने गर्दछन !

यदि तपाई संग विदेशी सवारी चालक अनुमति पत्र छ भने तपाईलाइ नेपालीमा परिवतर्न गर्न कुनै अप्ठ्यारो भने हुदैन ! त्यसका लागि सम्बन्धित देशको अधिकारिक व्यक्ति द्वारा फेरिफिकेशन गराउनु पर्ने हुन्छ ! यदि तपाईको लाइसन सक्कली छ भने तपाई १ दिनमै आफ्नो नेपाली लाइसन प्राप्त गर्न सक्नु हुन्छ !

कसरि बनाउने विदेशी लाइसनलाइ नेपाली लाइसन ?

१. सबै भन्दा पहिले जुन देशको लाइसन तपाई संग छ उक्त देशको राजदुतावासमा जानुहोस र त्यहाँ गएर आफ्नो लाइसन फेरिफिकेशन को आवेदन पेस गर्नु होस् ! तपाईले आवेदन दिएको लगभग एक २ देखि ४ हप्ताको विचमा तपाईलाइ एमबिसीले बोलाउछ ! लाइसन फेरिफिकेशन गरिदिए वापत एमबिसीले ४-५ हजार रुपैया आफ्नो खातामा जम्मा गर्न लगाउँछ जम्मा गरेर आफ्नो भेरिफाइड भएको कागज लिउनुहोस् !

२. भेरिफिकेशन पछीको पालो हुन्छ आफ्नो स्वाथ्य परिक्षन: यातायात कार्यालय एकान्तकुनाको वरपर थोरै पैसा लिएर ब्लड ग्रुप, आई टेस्ट गरिदिने थुप्रै पसल हरु भेट्न सक्नु हुन्छ त्यहाँ गएर लाइसन्स नेपाली कारणको एउटा फारम भर्न लगाउनु होला र आफ्नो स्वास्थ्य परिक्षन् को प्रमाण बनाउन लगाउनु होला !

३. लाइसन भेरिफिकेसन प्रमाण पत्र, स्वास्थ्य परिक्षन प्रमाण पत्र, विदेशी लाइसनको फोटोकपि र फारम तयार भएपछी यातायात कार्यालयमा जानुहोस ! याद राख्नुस: अन्य सवारी साधनको लाइसन निकाल्नको लागि धेरै मान्छे हरु विभिन्न लाइनमा लागेको हुन्छन तिनीहरुको पछाडी गएर न उभिनु होला, नेपाली कारणको लागि एउटा छुटै कोठा छ त्यहाँ गएर आफ्नो सबै कागज पत्र देखाउनु होला ! तपाईको सबै कागज पत्र हेरिसके पछी कार्यालयमा लाग्ने कर तिरेर तपाईले आफ्नो लाइसन तुरुन्तै पाउन सक्नु हुन्छ !

ययातायत कार्यालयका कर्मचारी हरुले पैसा खानकै लागि भएपनि एउटा न एउटा कमजोरी देखाइने गरेको मैले देखेको छु ! मानौं तपाई संग कतारको चालक अनुमति पत्र छ भने कतारमा तपाईको लाइसनको प्रकार: Heavy, Light र Medium हुन्छ ! कतारमा Medium लाइसन भएका व्यक्तिले बस चलाउन पाउछन भने नेपालमा पाउदैनन त्यसको बदला नेपालमा Heavy को दिनु पर्ने हो तर उनीहरुले Medium को मात्रै दिने गर्दछन !

विकप्ल के त ? घुस ????

कसैले गर्न नसकेको काम पैसाले गर्छ भन्ने नेपाली उखान जस्तै हो, यातायात कार्यालयका कर्मचारी हरुले ५-१० हजार लिएर तपाईलाइ नेपाली कारण गरिदिन्छन ! !

यदि तपैले नेपालीकारणको माध्यम बाट नेपाली लाइसन निकाल्नु भएको छ भने आफ्नो अनुभव सेयर गर्न नभुल्नु होला ! तपाईको साथी कोइ विदेशमा छन् भने सेयर गरि जानकारी दिनु होला !
from http://daily.gulfact.com/%E0%A4%A4%E0%A4%AA%E0%A4%BE%E0%A4%88-%E0%A4%B8%E0%A4%82%E0%A4%97-%E0%A4%95%E0%A4%A4%E0%A4%BE%E0%A4%B0-%E0%A4%A6%E0%A5%81%E0%A4%AC%E0%A4%88-%E0%A4%B8%E0%A4%BE%E0%A4%89%E0%A4%A6%E0%A5%80-%E0%A4%B2/

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment