नेपाली श्रमिकलाई आयो कतार बाट निकै खुसीको खबर पुरा समचार पढेर सेयर गर्नुहोस

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
नेपाली श्रमिकलाई ‘सम्मान’गर्दै कतार

चैत १७, काठमाडौं | खाडी मुलुक कतारमा गएर श्रम–पसिना बहाउने हजारौं श्रमिकको योगदानलाई सम्मान गर्न कतारले प्रतिनिधि नेपाली श्रमिकको बर्सेनि सम्मान परम्परा थालनी गरको छ ।

नेपालका लागि कतारका राजदूत युसुफ मोहम्मद अहमद मोम्मद अल–हेलले बुधबार यस्तो परम्परा थालनी गर्दै मंगलबार कतारमा २० वर्षदेखि श्रम गर्दै आएका धनकुटाका उत्तमकुमार लिम्बूलाई सम्मान गरे । राजदूतले लिम्बूलाई एउटा घडी र मोबाइल उपहार पनि दिए ।

महाराजगन्जस्थित कतार दूतावासमा आयोजित समारोहमा राजदूत युसुफ मोहम्मदले ‘कतार निर्माणमा नेपाली श्रमिकको उल्लेख्य स्थान रहेको ’टिप्पणी गरे । श्रमको सम्मान गर्नै हरक बर्ष श्रमिक सम्मानलाई निरन्तरता दिइने उनले प्रतिबद्धता गरे। ५७ वर्षीय लिम्बू कतारको सनैयास्थित साडो ट्रेडिङ एण्ड कन्ट्राक्टिङ् कम्पनीमा मेसनका रुपमा कार्यरत छन्। धनकुटाको कुरुले तेनुपास्थित जानकी बुढासुब्बा प्राथमिक बिद्यालयमा शिक्षकको जागिर खोसिएपछि उनी मजदुरी गर्न कतार गएका थिए । कतारमा झन्डै ४ लाख नेपाली श्रमिक छन्। राजधानीमा जारी ‘काठमाडौं ट्रेनाले ’ कला महोत्सवमा पनि श्रमिक उत्तरकुमारको २० वर्षयताको मजदुरी नियतिको कथा– व्यथा समेटिएको छ । उनले आफूले मजदुरी गरेरै एउटा छोरा मेखलाई कला विषयमा स्नातकोत्तर पढाएका छन् भने अर्का छोरा मानबहादुर वीरन्द्र सैनिक स्कुलमा शिक्षक छन् ।

कलाकार छोरा मेखले नै आफ्ना बाबुको कतार–नेपाल ‘कनेक्सन’ लाई डिजिटल आर्ट, पेन्टिङ, भिडियो–क्लिपिङ र तस्बिरमा उतारका हुन्। महोत्सवको संयोजन कतारस्थित भर्जिनिया कमनवेल्थ युनिभर्सिटीकी कला प्राध्यापक डा. डीना वाङदेलले गरकी हुन् । - कान्तिपुरबाट

- See more at: http://sajhasabal.com/kathmandu/newspaper/19688#sthash.c70BxCYY.dpuf

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment