ब्लड मनी तोकिएका रामचन्द्र तिमील्सिनाको ज्यानमुद्दा अदालत मा टुंगियो, छिट्टै नेपाल फर्कँदै

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
कुशादेबी–२, घिमिरेगाउँ काभ्रेपलान्चोक जिल्ला-नेपाल घर भएका र बैदेशिक रोजगारीका सिलसिलामा जाबिराह हायल सिमेन्ट कम्पनी साउदी अरबमा कार्यरत रामचन्द्र तिमिल्सिना सोहि कम्पनिमा कार्यरत पाकिस्तानी नागरिक मारिएको अभियोगमा २२ महिनादेखि हायल सेन्ट्रल जेलमा रहेका थिए र मृतक पाकिस्तानी नागरिकको परिवारका तर्फबाट सुरुमा सा.रि. ३ लाख ( ने.रु. लगभग ८७ लाख) ब्लड मनी माग भएको थियो तर नेपाली प्रबासी समाज हायल, साउदीअरब र नेपाली राजदुताबास, साउदीअरबको ठुलो प्रयास पछी पाकिस्तानी नागरिकहरुले ब्लड मनी घटाएर सा.रि. १ लाख २० हजार (ने.रु. लगभग ३५ लाख) मा मानेका थिए ।
रामचन्द्र तिमिल्सिनाको परिवारले उक्त ब्लड मनी तिर्न नसक्ने अवस्था भएपछी चौतर्फी रुपमा विश्वमा छरिएर रहेका नेपालीहरुबाट रामचन्द्र तिमिल्सिनाको उद्दार / बचाउको लागि आर्थिक रकम संकलन भएको थियो र रकम ठुलो मात्रामा संकलन भएको थियो तर सबै रकम ब्लड मनी स्वरुप तिर्नु नपरेपछी बाँकी रकमकको विवरण रामचन्द्र तिमिल्सिनाको परिवारले अझै बाहिर ल्याएका छैनन र संकलित रकमको पारदर्शिता भएको छैन ।

७ मार्च २०१७ का दिन साउदी अदालतले रामचन्द्र तिमील्सिना उपर लगाइएको मुद्दाको फाइनल गरी, ब्लड मनी स्वरुप तोकिएको रकम मृतक पाकिस्तानी नागरिकलाई हस्तान्तरण गरी मुद्दा छिनोफानो भएको छ र केही दिन भित्रमा रामचन्द्र तिमील्सिना नेपाल फर्किनेछन।

आशा गरौँ उनी नेपाल फर्किएपछी उनको बचाउको लागि विश्वमा छरिएर रहेका नेपालीहरुले गरेको सहयोग रकमको बाँकी रकम विवरण सार्वजनिक गर्नेछन र उनी जस्तै परदेशमा जेल सजाँय भोगिरहेका अन्य नेपालीहरुको सहयोगमा उक्त बाँकी रकम प्रयोग गर्नेछन ।

from http://arabnepal.com/news/%E0%A4%AC%E0%A5%8D%E0%A4%B2%E0%A4%A1-%E0%A4%AE%E0%A4%A8%E0%A5%80-%E0%A4%A4%E0%A5%8B%E0%A4%95%E0%A4%BF%E0%A4%8F%E0%A4%95%E0%A4%BE-%E0%A4%B0%E0%A4%BE%E0%A4%AE%E0%A4%9A%E0%A4%A8%E0%A5%8D%E0%A4%A6/

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment