बिदेशीहरु ज्ञानको लागि बुद्धिष्ट हुन्छन् तर नेपालीहरू चाहिँ पैसाको लागि क्रिश्चियन हुन्छ

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
युग पुरूषहरू मध्ये सबै भन्दा जेठाे बुद्ध नै हाे । हुन त उनी महावीरकाे समकालिन थिए । तर बुद्धभन्दा ५ सय वर्षभन्दा पनि पछिका हुन्, जिसस । बुद्धधर्मले संसार पिटेकाे थियाे र यसकाे व्यापकता यतिसम्म थियाे कि जिसस जन्मनुभन्दा नै अगाडि बुद्धधर्म मिश्र(हालकाे ईजिप्ट) पुगिसकेकाे तथ्य बाहिर आएकाे छ । जिससकाे सन्देशमा बुद्धकाे विचारकाे गन्ध छ । बाईबलकाे नयाँ करारमा जम्मै बुद्ध साहित्यमा भएकाे कुराहरू नै छन् । जिसस बुद्धधर्मबाट प्रभावित भएकाे सनसनीपूर्ण तथ्य बाहिर आउन थालेकाे छ । यस कुराले क्रिश्चियन धर्मभिरूलाई निन्दहराम हुदैछ । क्रुसमा झुण्ड्याइएका भनिएकाे जिसस वास्तवमा नमरेकाे खुलासा क्रिश्चियन जगतकै एक विद्वानले लामाे साेध पछि एउटा कृति निकालेका छन् । नयाँ करारमा यहून्नाकाे सुसमाचार अनुसार अरू दुइजना चाेरसंगै जिससलाई झुण्डाइकाे हुन्छ । जल्लादले उनीहरू मरेमरेन भन्नेर जाँच गर्न जान्छन् । दुईचाेरकाे खुट्टा भाँचिन्छन् । तर मरे भनिएकाे जिससकाे चाहिँ काेखमा हल्का भालाले राेपिन्छ । र तत्कालै जिससकाे शरिरबाट पानी र रगत बाहिर आउछ । हाे, प्रश्न यहीं उठ्छ । बाँकी दुईकाे खुट्टा भाँचिन्छ तर जिससलाई भने हल्का भालाले काेखमा मात्रै राेपिन्छ । मरे कि मरेनन् भनेर चेक गर्दा सबैलाई एउटै व्यवहार व्यवहार गरिनुपर्ने हाे तर जिससकाे मामलामा त्याे हुन्न । अर्काे महत्वपूर्ण कुरा, मरेकाे लाशकाे शरीरबाट रगत निस्कन्छ ? निस्कदैन । याे कुरा फरेन्सिक विज्ञानले पनि भन्छ । यसले के देखाउछ भने राेमका शासकले जिससलाई मार्ने आदेश दिए पनि प्यालेस्टाईनकाे गभर्नरलाई जिससका चेलाहरूले घुस खुवाएर जिससलाई नमार्ने याेजनामा सफल भएका थिए । जिससलाई मारेकाे नाटक मात्रै गरिएकाे थियाे । उता क्रूसबाट हतारहतार मरे भनिएकाे जिससकाे लाशलाई एक चिहानमा लगेकाे नाटक गरियाे र त्यस चिहानबाट कसैले थाहा नपाउने गरी उनका काेर टिमका चेलाहरूले अन्तै लगेर उनलाई बचाइयाे र उनलाई बुद्ध भूमिमा पठाइयाे र यशू ब्युझेर स्वार्ग गइसक्याे भनेर हैवा फैलाइयाे ताकी राेम शासकले जिससकाे मृत्युमा विश्वास गराेस् । आखिर जिसस पनि बुद्धकै चेला हाे । युराेपियनहरू ज्ञानकाे लागि बुद्धिष्ट हुन्छन् तर नेपालीहरू चाहिँ पैसाकाे लागि क्रिश्चियन हुन्छ । जिससकाे लुकेका कुराहरू उजागर गर्ने पश्चिममा विद्वानले लामाे खाेजअनुसन्धान गरेर लेखेकाे कृतिकाे नेपाली उल्था गरेर चाँडै बजारमा ल्याउदैछु । प्रतिक्षा गर्नुहाेला । साभार हाम्रो तिमाल फेसबुकबाट १५ चैत्र २०७३

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment