सुन्दै जिउ काँप्ने घट्नाः हाम्रै नेपालमा पत्नीले छोरी जन्माएर हत्यागरि गाडिन्, पतिले अस्पताल पुर्याउँदा थाहा पाए कोख रैछ

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
भक्तपुर । नेपाली समाजमा डरलाग्दा र अपत्यारिला अपराधका घटना बढ्न थालेका छन्। एउटा यस्तै घटना बाहिर आएको छ, जुन सुन्दै जिउ काँप्ने खालको छ।

२१ बर्षीया युवतीले छोरीलाई जन्माएर पतिलाई समेत भ्रममा पारेर बाँस घारीमा लगेर गाडेको घटना बाहिर आएको छ। बच्चा जन्माएर हत्या गरि गाडेपछि पनि उनले बच्चा पेटमै रहेको नाटक गरेर अस्पतालमा बच्चा जन्माउन भर्ना हुन पुगिन्, जुन सुन्दै आश्चर्य लाग्छ।

अस्पतालमा डाक्टरले भने ‘पेटमा बच्चा छैन, बच्चाको जन्म भैसकेको छ।’ डाक्टरको कुरा सुनेर पति मेघबहादुर चकित परे। सन्तान जन्माएर मारिसकेको उनले शंकासम्म गरेका थिएनन्। सन्तान प्राप्तिको सुख अनुभुत गर्ने बेलामा उनले पत्नीको कोख खालि भएको खबर सुने।
आफैले जन्माएको छोरी मारेको अभियोगमा चाँगुनारयण नगरपालिका–३ झौखेलमा डेरा गरेर बस्ने रामेछाप गौसरा–१ घर भएकी २१ बर्षीया साहिली तामाङलाई प्रहरीले पक्राउ गरेको छ।


from http://nayakhabartv24.blogspot.com/2017/03/blog-post_530.html

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment