रेडबुल पिउनुहुन्छ ? होसियार ! तपाईं गोरुको वीर्य पिउँदै हुनुहुन्छ

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
काठमाडौँ - रेड्बुल । बजारमा पाइने इनर्जी ड्रिंक भनिएको एउटा पेय पदार्थ । तर डेनमार्क र फ्रान्समा ब्याण्ड भएको यो पेय पदार्थ नेपालमा भने खुलेआम विक्री भइरहेको छ । अझ अचम्मलाग्दो कुरा त के हो भने रेडबुलमा गोरुको विर्य समेत मिसाइने गरेको तथ्य केहि अन्तराष्ट्रिय संचारमाध्यमहरुले प्रकाशित / प्रशारित गरेका छन् ।

स्नोपेस डटकमका अनुसार Longhorn cattle company नामक कम्पनीले गरेको एक सर्वेक्षणका अनुसार रेडबुलमा गोरुको विर्य हुने गरेको तथ्य सार्वजनिक भएको हो । रेडबुलमा हुने TAURINE तत्व भनेकै गोरुको विर्यबाट बनेको बताइएको छ।


हेर्नुहोस् भिडियो :
यसरी निकालिन्छ बीर्य !: यता रेन्से डटकम का अनुसार रेडबुल स्वास्थ्यका लागि हानिकारक पेय पदार्थ हो भने यो पेय पदार्थ सामान्य रुपमा पीइने इनर्जी ड्रिंक वा कोल्ड ड्रिंकको रुपमा प्रयोग गर्न हुँदैन । विश्वका विभिन्न देशहरुमा बिक्रि वितरण भइरहेको यो पेय पदार्थमा स्वास्थ्यका लागि निकै नै हानीकारक GLUCURONOLACTONE नामक केमिकल मिसावट गरिएको हुन्छ ।

रेन्सेका अनुसार यी ५ कारण रेडबुल खानु हुँदैन :
मुटुको पम्प रेट बढाउने हुनाले यदी रेड बुल खाएपछि कसैले व्यायाम गर्दैन भने उसको स्वास्थ्यमा रेडबुलले निकै ठुलो असर गर्छ र यसले हृदयघात समेत निम्त्याउन सक्छ ।
रेड बुल र रक्सी सँगै मिसाएर खाएको खण्डमा यसले सिधै कलेजोमा असर गर्छ ।
रेडबुलमा 'कोमा'मा रहेका बिरामीलाई होसमा ल्याउन प्रयोग गरिने भिटामिन B12 प्रयोग गरिएको हुन्छ ।
रेडबुल दैनिक खाएमा यसको सिधा असर नशामा पर्छ ।
रेड बुलमा त्यस्तो तत्व हुन्छ जसले मुटुलाई थोरै शक्तिमै पम्प गर्छ । यसले स्वास्थ्यमा प्रतिकुल असर गर्दै मुटु रोग पनि लाग्छ ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment