ग्यास्ट्रिक बढ्यो, घरमै हुने सामान्य उपचारबाट क्षणभरमै यसरी लाभ लिन सकिन्छ

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0




अनियमित जीवनशैली र खराब खानपानका कारण एसिडिटी बढेर दुःख पाउनु आधुनिक जीवनशैली अपनाउने हामी सबैका लागि सामान्य कुरा हो । अमिलो पानी बढ्दा देखिने एकप्रकारको समस्यालाई एसिड रिफ्लक्स भनिन्छ ।

जब लोअर एसोफेगल स्पिंचर (एलईएस)ले राम्रो काम गर्दैन र अन्ननली हुँदै अमिलो पदार्थ पेटको माथिल्लो भागतिर जान थाल्छ, यस्तो अवस्थालाई एसिड रिफ्लक्स हुन्छ । यसको प्रमुख कारण लोअर इसोफेगल स्पिंचरमा समस्या देखिनु नै हो ।


यो समस्याले गर्दा हाम्रो पाचन प्रणालीले राम्रोसँग काम गदैृन । यसले छाती दुख्ने वा अथवा मुटु पोल्ने समस्या देखिन्छ । यसबाट अपचको समस्या पनि देखिन्छ । यस्तो समस्या भएका मानिसहरु एकदमै डराउने अवस्थामा पुग्छन् । यो समस्या बढ्दै जाँदा बिरामी असन्तोष बढ्ने, कुनै पनि कुरा निल्न समस्या हुने, पेट र पिठ्यूँको तल्लो भाग पोल्ने, वान्ता हुने सम्मका समस्या देखिन्छ ।

यसको घरेलु उपचार कसरी गर्ने ?

सामग्रीहरु

१. एउटा आलू

२. एउटा दाना स्याउ

विधि

आलुलाई सफासँग पखालेर बोक्रा निकाल्नुहोस् र यसको रस बनाउनुहोस् । स्याउलाई पनि सफा गरेर बोक्रा निकाल्दै जुस बनाउनुहोस् । दुवै रसलाई मिलाएर खाना खानुभन्दा कम्तिमा एक घन्टा अगाडि दिनमा दुईपटक सेवन गर्नुहोस् । यसले तत्काल राहत महसुस हुनेछ ।

-ओन्लिआयुर्वेद डट कमको सहयोगमा

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment