यसरी छापिँदो रहेछ चीनमा नेपाली नोट, हेर्नुहोस् नोट छपाइको दृश्य (फोटो फिचर)

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0




काठमाडौँ, ३ चैत, तपाईंलाई नेपाली नोट कहाँ र कसरी छापिन्छ होला भन्ने लागेको होला । आज हामी तपाईलाई नेपाली नोट कसरी र कहाँ छापिन्छन् भन्ने देखाउँदै छौँ । नेपालमा हाल ५, १०, २०, ५०, १००, ५०० र १००० दरका नोट प्रचलनमा छन् । यी नोटहरु सबै एकै देशमा र ठाउँमा छापिँदैनन् । त्यसमध्ये केही नोट चीनमा छापिने गरेका छन् । नेपालमा प्रचलनमा रहेका १०० र १००० रुपैयाँको नेपाली नोट सन् २०१६ मा चिनिया बैंक नोट प्रिन्टिङ कारखानामा छापिएका छन् । 
प्राप्त समाचार अनुसार, हालै चीनको नानछाङ बैंक–नोट प्रिन्टिङ्ग कारखाना तथा नेपाल राष्ट्र बैंकबीच छब्बीस करोड वटा ५ रुपैयाँको नेपाली नोट छाप्ने ठेक्कामा सम्झौता भएको छ । गत वर्ष अर्थात् सन् २०१६ मा नेपालको लागि रुपैयाँ १०० तथा १००० का नोट यसै कारखानाले छापेको थियो । सोही कम्पनीले अन्तर्राष्ट्रिय बोलपत्र आह्वानमार्फत यो वर्ष पनि नोट छाप्ने अनुमति पाएको छ ।
(स्रोतः सीआरआई नेपाली सेवा)
from http://aajakokhabar.com/news-details/3492/2017-03-16

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment