नेपाली भूमिमा तारबार लगाउन खोज्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को अबरोध, तारबार नगर्न नेपालीलाई दबाब (भिडियो सहित)

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

बर्दियाः भारतको कर्तनियाघाट वन्यजन्तु आरक्ष तथा बर्दिया राष्ट्रिय निकुञ्जबाट आउने जनावरहरुले गर्ने धनजनको क्षति रोक्न सीमाको नेपाली भूमिमा तारबार लगाउन खोज्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीले अबरोध सिर्जना गरेका छन्। तारबारका लागि गाडिएका पोलहरु भारतीय भूमिमा परेको भन्दै एसएसबीले तारबार लगाउने कार्यमा अबरोध सिर्जना गर्दै बन्द गर्न नेपालीलाई दबाब दिएका हुन्।

राजापुर नगरपालिकास्थित भिम्मापुरको सत्तारफारम नजिक सीमा स्तम्भ नम्वर ९७ र ९८ को बीचमा वन्यजन्तुको सुरक्षाका लागि नेपाली भूमिमा तारबार गर्ने कार्यमा भारतीयहरुले अवरोध गरेका हुन्। बर्दिया निर्वाचन क्षेत्र नम्वर–४ का सांसद मानवहादुर थारुको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत जडान गर्न थालिएको तारबार भारतीय सीमा सुरक्षाबल (एसएसवी) का जवानहरुले अवरोध गरेको स्थानीय दिपेश थारुले वताए। उनले भने,‘कोठियाघाटदेखि सत्तीघाटसम्म वर्षेनी जंगली जनावरले गर्ने जिउ धनको क्षति न्यूनिकरणका लागि हामीले ६० लाख मुल्य वरावरको तारबार गर्न थालेका थियौं। तर भारतीय पक्षले अबरोध ग¥यो।’

यसअघि बर्दियाको मधुवन नगरपालिका–५ स्थित सीमा पिलर नम्वर ७५ र ७६ को बीचमा पर्ने कल्भर्ड नजिक नेपाली भूमिमा भारतीयहरुले बनाएको नाला पुरिदिएका थिए। सो घटना सेलाउन नपाउँदै बर्दियामै भारतीय पक्षले भारतीय सीमासँग जोडिएको क्षेत्रमा तारबार गर्न नेपाली पक्षलाई अबरोध गरेका हुन्।

भिडियो हेर्नुस्:

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment