दुबई यूएईका पार्कमा यौन क्रियाकलाप गर्ने पाँच नेपाली जेलमा

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

दुवई । वैदेशिक रोजगारीको क्रममा यूएई पुगेका नेपालीहरुले रक्सी पिएर कानून विपरित कार्य गरिरहेका छन् । हालै दूतावासले गरेको अनुगमनको क्रममा यूएईका विभिन्न कारागारमा गरी ६१ जना नेपालीले सजाय भोगीरहेका छन् । उनीहरुमध्ये २७ जना रक्सीकै कारण जेलमा परेका छन् ।

यहाँका विभिन्न जेलमा रहेका नेपालीहरुलाई भेट्न दूतावासले द्वितिय सचिव कृष्ण अर्याललाई पठाएको थियो । भेटमा धेरैले रक्सी पिएर झगडा–कुटपित गरेको सजाय भोगिरहेका छन् ।

दूतावासले यहाँ नेपालीको अवस्थाबारे तयार गरेको प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई पठाएको छ । युएईको दुवई, सारजाह, आबुधाबी, रसअलखेमा, उम्मलक्विन फुजेराह र अलऐनमा रहेका जेलमा नेपालीहरु सजाय भोगिरहेका छन् ।



सबैभन्दा बढी दुवईस्थित सेन्ट्रल जेल अल अविरमा दुई महिलासहित ३२ जना नेपाली छन् । आबुधाबीको अल वात्वा जेलमा एक महिला र १८ पुरुष गरेर सहित १९ जना नेपालीले कैदी जीवन बिताइरहेका छन् ।

सारजाहको जेलमा ५ जना महिला र एक पुरुष गरी ६ जना छन् भने अलऐन जेलमा एक महिला र दुई जना पुरुष गरेर तीन जना, रसअलखेमा, फुजेराह उम्मलक्विन र अजमानमा तीन जना नेपाली जेल जीवन बिताइरहेका छन् । उनीहरुमध्ये १० जनालाई हत्याको आरोप लागेको छ ।

त्यसैगरी सार्वजनिक स्थलमा यौनजन्य क्रियाकलाप गरेको आरोपमा पाँच जनालाई जेलमा राखिएको छ । नेपालीहरुमाथि लागु औषध, भाङ–धतुरा, नक्कली कागज बनाएको आरोपमा जेल परेका दूतावसको प्रतिवेदनमा उल्लेख छ ।
http://dainik-np17.blogspot.com/2017/02/blog-post_830.html

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment