सधैको लागि मलेसियामै यसरी निदाए झापाका मन कुमार

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
मलेसिया , १६ चैत । रोजगारीको सिलसिलामा दुई बर्स अघि मलेसिया को सेलेङ्गर राज्य स्थिति मेरु केलाङमा रहेको सिग्मा ग्लोब इन्ड्र्स्टिज कम्पनीमा काम गर्न गएका सरणामती गाउँ पालिका वडा न ६ झापाका मन कुमार लिम्बू को गएराती मलेसियामा मृत्यु भएको छ । काठमाडौको सेलिङ मेनपावर प्रालीबाट हेल्फर कामका लागि मलेसिया पुगेका लिम्बू राती ११ बजे खाना खायर सुतेका भए पनि बिहान उठदा मृत अबस्थामा फेला परेको जानकारी मलेसियाबाट दिपक सघर्सले दिएका छन । सहयोगी र मिलनसार स्वभावका लिम्बूको आकस्मिक मृत्युसँगै कम्पनीमा कार्यरत नेपाली स्तम्भ बनेका छन भने लासलाई केहि समय पछी प्रहरीको उपस्थितिमा पोस्टमार्टम गर्न लैजाने तयारी छ । दुइ छोरा र दुई छोरी बीचका मृतक लिम्बू अबिवाहित कान्छा छोरा हुन । २१ बर्सिय लिम्बुको आकस्मिक निधन भएको जानकारी पाए पश्चात् यतिखेर परिवारमा समेत रुवाबासि छाएको छ । आफुले फोन गरेर मृतका दिदिलाइ जानकारी गराइ सकेको र लासलाइ पोस्टमार्टम पश्चात् केहि दिनमा नै नेपाल पठाइने जानकारी मलेसियाबाट प्रत्यक्ष फोन सम्पर्कमा दिपकले दिएका छन । मलेसियामा पछिल्लो समय सुतेकै अबस्थामा मृत्युहुने नेपालीको सङ्ख्या बढ्दै गएको छ । दैनिक जसो एक रदुई जनाको मृत्यु सुतेकै अबस्थामा हुने गरेको भय पनि यसको कारण भने अहिले सम्म पत्ता लागेको छैन ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment