एनआरएन इजरायलले ‘नयाँ वर्ष सांगितिक साँझ–२०७४’ कार्यक्रम गर्दै, कार्यक्रमबाट उठेको रकम इजरायलमा रहेका बिरामी नेपालीलाई सहयोग गरिने

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
इजरायल, १० चैत्र । गैरआवासीय नेपाली संघ (एआरएनए) इजरायलले नयाँ वर्ष २०७४ को उपलक्ष्यमा ‘नयाँ वर्ष सांगितिक साँझ–२०७४’ विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रमबाट उठेको रकम इजरायलामा रहेका विभिन्न रोगबाट पीडित नेपाली दाजुभाई तथा दिदिबहिनीको सहयोगका लागि खर्च गरिने आयोजकले लाइटनेपाललाई जानकारी दिएका छन् । ‘कार्यक्रम नयाँ वर्षको शुभकामना आदान–प्रदान तथा पीडित अक्षय कोषका लागि मनोरन्जन तथा सहयोगका लागि आयोजना गरिएको हो’, आयोजकले बताए । कार्यक्रम यही अप्रिल १४ तारिख शुक्रबार वाइजम्यान स्ट्रीट–६०, तेल अभिभमा आयोजना हुनेछ । बेलुकी ७ बजे आयोजना हुने कार्यक्रमका लागि सहयोग स्वरुप प्रवेश शुल्क १०० एनआइएस राखिएको छ । कार्यक्रमलाई भव्य बनाउन नेपालबाट चर्चित हाँस्य कलाकार मनोज गजुरेल, गायक प्रकाश कट्वाल र गायिका रजिना रिमाल इजरायल आउनेछन । त्यस्तै कार्यक्रममा इजरायलमा रहेका स्थानीय नेपाली कलाकारहरुकोसमेत बेजोड प्रसत ुति रहनेछ । आयोजकले यो कार्यक्रमलाई इजरायलमा रहेका सबै संघसंस्थाको साझा कार्यक्रम भएको बताउँदै कार्यक्रम सबै नेपालीको हितमा रहेको बताएको छ । एनआरएन इजरायलका महासचिव तेन्जिन शेर्पाले कार्यक्रमलाई सफल पार्न इजरायलमा रहेका सम्पूर्ण नेपाली तथा नेपाली शुभचिन्तकहरुसँग आग्रह गरेका छन् । ‘कार्यक्रम मनोरञ्जन र सामाजिक सेवासहितको उद्देश्य राखेर गरिएको हुनाले यसको विशेष महत्व छ । यसलाई सबैले साथ दिनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ’, शेर्पाले लाइटनेपाल डटकमसँगको कुराकानीमा भने । कार्यक्रम स्थलसम्म जान सहभागीका लागि निशुल्क बसको व्यवस्था गरिएको पनि उनले जानकारी दिए । कार्यक्रमका लागि लाइटनेपाल डटकम मिडिया पार्टनरका रुपमा रहेको छ ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment