कतारमा काम गर्ने हरुलाई अत्यनै जरुरि सूचना: कम्पनी बाट झगडा गरेर निस्कासन हुनेलाई ४ बर्ष कतार ब्याण्ड

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0



कतारमा काम गर्दा आफुले काम गर्दै गरेको कम्पनीमा इमान्दारी पुर्वक काम गर्नु सबैको कर्तब्य हो ! तर कतिपय नेपाली साथीहरुले आफुले सोचे जस्तो नहुदा कम्पनिका कर्मचारीहरु संग झगडानै गर्ने गरेको हामीले देख्दै आएका छौं ! आफुले सोचे जस्तो कहिलै पुग्दैन तर केहि कुरा नपुगेको महसुस भए सम्बन्धित निकाय बाट समस्याको समाधान गर्न सकिन्छ !

हालै कतार सरकारले नया नियम बनाएको छ जस अन्तर्गत कतारमा आफ्नो मालिक अथवा कम्पनिको कुनै पनि कर्मचारी संग लडाई झगडा गरेर कम्पनिबाटै निस्कासित हुनु परे फेरी कतार आउन ४ बर्ष पर्खिनु पर्ने हुन्छ !

कतार श्रम कानुन लेख नम्बर २६ का अनुसार कुनैपनि कामदार अनुसासन हिन भएर कम्पनि बाट निस्कासित हुन्छ भने उक्त कर्मचारीलाई पुनः कतार प्रवेशमा ४ बर्षका लागि रोक लगाइने छ !

कपनिले चाहे जस्तो पनि आरोप लगाउन सक्छ त्यस्तो अवस्थामा के गर्ने ?
यदि तपाईले आफुले गल्ति गर्नु भएको छैन अथवा तपाईले गरेको गल्ति अन्जानमै भएको हो भन्ने मनै बाट सोच्नु भएको छ भने तपाइँले अर्को अवसर प्राप्त गर्न सक्नु हुन्छ ! कम्पनीले दिएको मुद्दा बिरद्ध तपाइँले पनि कोर्टमा कुरा राख्न पाउने हुँदा एदी तपाइँले जितेको खण्डमा तपाइँलाइ कुनैपनि प्रतिवन्ध लाग्ने छैन !

खबरदारी रहनुहोस: यदी तपाईको सहपाठी अथवा तपाई संग काम गर्ने कुनै कर्मचारी तपाइँ संग निहु खुज्दै हिड्छ भने एक पटक आफ्नो बारेमा सोचेर मात्र हात हाल्ने कोसिस गर्नु होला ! हामी सबैलाई थाहा भएकै हो कतारमा गल्ति गर्ने भन्दा सुरुमा हात कसले हालेको त्यसलाई मध्यनजर गरिन्छ !

अन्त्यमा:

कतारमा नेपालीहरुको जीवननै विताउने स्थल हैन ! हामी केहि बर्षका पाहुना जस्तै हौं, हामीलाई कुनै झै झगडामा अल्झिनु छैन यदि हामीलाई कुनै समस्या छ भने कानुनि सल्हा लिउन सक्छौं ! कम्पनीमा लफडा गर्दा हाम्रो देश संगै हामी आफैलाई पनि घाटा हुने रहेछ भन्ने बुझौं ! त्यसैले कसैलाई कुट्नै पर्ने स्तिथि आए बरु एक गिलास पानि पिउ तर कसै संग झगडा नगरौं !

नोट: एक पटक सेयर गरि सबैलाई जानकारी दिनु होला ! कतारमा नया अनियम परिवतर्न दैनिकरुपमा हुदै छन् !

from http:\/\/daily.gulfact.com\/कतारमा-काम-गर्ने-हरुलाई-अ\/

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment