फ्लाई दुबईलाई नेपालको चेतावनी फ़ेरि नेपालीलाई विभेद गरे नेपालमा आउनै बन्द

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
संयुक्त अरब इमिरेट्स (युएई) को राष्ट्रिय ध्वजावाहक ‘फ्लाई दुबई’ एयरलाइन्सले ‘नेपाली यात्रुमाथि विभेद गरेको’ भन्दै विमानस्थल प्रशासनले पहिलोपटकलाई सचेत गराउने निर्णय गरेको छ। दोस्रोपटक पनि यस्तो विभेद दोहोरिएको उजुरी प्राप्त भए फ्लाई दुबईको नेपाल उडान नै रद्द गरिने विमानस्थल प्रशासनले जनाएको छ।



‘फ्लाई दुबईले नेपाली यात्रुहरूलाई भेदभाव गरेर गल्ती गरेको छ, तर पहिलोपटक भएर हामीले सचेत मात्र गराउने निर्णय गरेका छौं,’ विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरले बुधबार सेतोपाटीसँग भने, ‘त्यसपछि पनि सुधार नगरे र त्यस्तै विभेद वा गल्ती गरेको जानकारी फेरि आए फ्लाई दुबईलाई नेपाल उडान गर्न रोक लगाइनेछ।’ सेतोपाटीमा प्रकाशित इटाली नागरिक रिकार्डो बोल्जानले लेखेको ब्लगमा उक्त एयलाइन्सले नेपाली यात्रुमाथि भेदभाव गरेको आरोप लगाइएपछि सरकारले छानबिन थालेको थियो।



‘नेपाली नागरिकमाथि फ्लाई दुबईको कत्रो अत्याचार’ शीर्षकमा सेतोपाटीमा प्रकाशित लेखप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै मुख्यसचिव सोमलाल सुवेदीले यथाशिघ्र छानबिन गरी दोषीलाई कारबाही गरेर जानकारी दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएका थिए। चैत १९ गते काठमाडौंमा फ्लाई दुबईको उडान स्थगनपछि विदेशीहरूलाई पाँचतारे होटलमा राखिएको तर नेपाली नागरिकलाई सामान्य होटल र त्यसमाथि एउटै कोठामा पाँच–छ जनालाई राखेर विभेद गरिएको उक्त ब्लगमा भनिएको छ।



विमानस्थलले यसबारे सत्यतथ्य पत्ता लगाउन चैत २७ गते हवाई सुरक्षा महाशाखा प्रमुख प्रकाशचन्द्र ढकालको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। ढकालले छानबिनपछि तयार पारेको प्रतिवेदनले पनि ‘उडान स्थगित हुँदा फ्लाई दुबईले नेपाली यात्रुलाई सामान्य होटलमा राखेर विदेशी यात्रुलाई पाँचतारे होटलमा राखेको’ पुष्टि गरेको छ। यसबारे एयरलाइन्सको नेपालस्थित प्रतिनिधिसँग बयान लिँदा उनले नियतवश यस्तो गल्ती नभएको प्रस्टीकरण दिएको प्रतिवेदनमा छ।



अहिलेलाई पहिलोपटक भएको र एयरलाइन्सले पनि नियतवश त्यसो नगरेको बयान दिएपछि भावी दिनमा यस्तो गल्ती नगर्न सचेत गराइएको विमानस्थल प्रवक्ता ठाकुरले जानकारी दिए। ‘समय अबेर भइसकेकाले होटलमा पर्याप्त कोठा भएन,’ एयरलाइन्स प्रतिनिधिको बयान उद्धृत गर्दै उनले भने, ‘विदेशीहरूलाई पनि सामान्य होटलमा राख्दा नेपालको प्रतिष्ठामा नै असर पर्ने भएकाले त्यस्तो गरिएको हो।’ छानबिन प्रतिवेदनमा औंल्याइएका कमजोरी सच्याउन पनि विमानस्थलले फ्लाई दुबईलाई निर्देशन दिने ठाकुरले बताए।



‘कुनै यात्रुलाई राष्ट्रियताका आधारमै विभेद गरेको अवस्थामा उडान रद्दसम्मको कारबाही गर्न सकिने प्रावधान छ, तर एकपटकको गल्तीमै उडान बन्द गर्दा सकारात्मक सन्देश नजाने भएकाले अहिलेलाई सचेत गराउने र फेरि यस्तै गतिविधि गरे उडान बन्द गर्ने ब्यहोरोसहितको पत्र फ्लाई दुबईलाई पठाइने छ,’ ठाकुरले भने।

यद्यपि उक्त छानबिन प्रतिवेदन नागरिक उड्डयन प्राधिकर
from http://sunaulonepal.net/?p=10435

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment