सधैको लागि कतारमै यसरी निदाए महोत्तरीका मण्डल

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

होत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ७ का ४० वर्षीय रामशरण मण्डलको गएराति कतारमा मृत्यु भएको छ । पटक पटक गरी करिब १० वर्षदेखि कतारमा बस्दै आएका मण्डल गएराति खाना खाएर सुत्न गएको र बिहान उनको मृत्यु भएको उनीसँगै सोही स्थानमा काम गर्दै आएका उनका दाजु सीयाशरण मण्डलले बताउनु भयो ।
रामशरण पहिलेदेखि बिरामी रहेको र कतारमा बिरामी निको नहुने देखिएपछि नेपालमै गएर औषधि गर्ने भन्दै केहीदिनदेखि घर जाने तयारी गर्दै आएकामा उनको सुतेकै अवस्थामा मृत्यु भएको उनीसँगै सोही स्थानमा काम गर्दै आएका उनका भतिजा सुरेश मण्डलले बताउनु भयो ।

मण्डलसहित उनका दाजु, भतिजा र अन्य १०÷१२ जना आफन्त कतारमै काम गर्दैै आएका थिए र उनी बिरामी परेपछि पटक पटक उपचार पनि गराइएको थियो । मृतक मण्डलको जन्मभूमि जलेश्वर नगरपालिका–७ स्थित घरमा बिहान ४ बजेदेखि नै रुवावासी चलेको छ ।

मृतक मण्डलको आमा, पत्नी र तीन स–साना छोराछोरी रहेका छन् । रासस पूर्वेली न्युज

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment