साउदी अरबमा एक नेपालीको दर्दनाक कथा : हजुर म जिउँदो नेपाल फर्किन चाहन्छु

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0


सप्तरी पंसेरा ८ का रामचरण साह मनमा थुप्रै सपना बोकेर साउदी अर्ब पुगे । तर, तीन महिना नपुग्दै उनको सपना चकनाचुर भयो । विदेशिएको ८ महिना भएको छ । तीन महिना नवित्दै एक्कासी पेटमा दुखाई सुरू भयो । र, विपतीले डेरा जमायो । कम्पनिले नाटक गर्छ भनेर उपचारमा पनि लान मानिरहेको थिएन ।

जव एक्कासी उनी मुर्छित/बेहोस भयो त्यस पछि उनका साथिहरूले मुदिरलाई भनेर एम्बुलेन्स बोलायो । र, हतारहतार हस्पिटल लग्यो । चेक जाँच पछि डाक्टरले अल्सरको सिकायत गरे । त्यस पछि अपरेशन कक्षमा लग्यो अपरेशन गर्यो । म अपरेशनवारे अनविग्य छु । वेहोसमा थिए ।

अल्सरको अपरेशन गरेको भन्छ । पेट चिरेको भाग (घाउ) ठूलो छ । म कसरी बुझ्नु र चित बुझाउनु ? अपरेशन गरेको पुर्जा पनि कम्पनीले नै राखेको छ ।

उपचारको क्रममा उनिसँग रहेको ३ हजार रियाल र कम्पनिसँग रहेको २ हजार रियाल पनि उपचारमै खर्च भएको मुदिरले भने । कम्पनिले एम्बुलेन्सको खर्च बाहेक एक सुक्को उपचार खर्च व्यहोरेको छैन् ।

एक महिना भन्दा बढी हस्पिटलमा बस्यो । घाउ राम्रोसँग निको पनि भएको थिएन खर्चको अभावले हस्पिटलबाट बाहिरिनु पर्यो । डाक्टरले केहि महिनाको लागि खान पुर्जिमा लेखी दिएको औषधी पनि खर्च अभावको कारण रेगुलर खान पाएन् । साथीभाईले नै कति सहयोग गरून् । घरबाट आमाबुवाले जग्गा बेचेर पठाई दिएको पैसानी सक्यो ।

गरिबको छोरा जग्गा जमिन पनि खासै छैन् । उता नेपालमा आमाबुवा चिन्ताको सोगले थलिएको छ । यता विदेशमा रामचरण थपउपचारवीना र नेपाल फर्किन ८ महिना देखि संसार गुहारी सकेका छन् । तर, पनि कुनै सीप चलेको छैन् रामचरणको । विवश र आजित छन् यतिवेला उनी खाँडी मुलुकको साउदी अर्बमा ।

उनको अपरेशन गरेको पेट फेरि दुखन थालेको छ । हस्पिटलको पुर्जी र खुरूज पेपर पनि कम्पनीले कतै उजुरी गर्छन् कि भनेर खोसेको छ । हस्पिटलमा जाँदा पुरानो अपरेशन गरेको पुर्जी माग्छ । नयाँ हस्पिटलमा जाँदानी अपरेेशन पुर्जा र खुरूज पेपर खोज्छन् म त अपरिचित भएकोछु हजुर म कसरी बाँच्नु र नेपाल फर्किनु कुनै उपाय छैन् ? उनले भने – कम्पनीले कुनै वास्ता गर्दैन् । एजेन्टको फोन लाग्दैन् । मेन्पावरमा फोन गरे, कम्पनी नै टेर्दैन् भन्छ ।

कैयौं पटक एम्बेसी धाएको छु वास्ता गर्दैन् । नेपाल पठाउन १४ हजार रियाल कम्पनीलाई तिर्नु पर्छ एम्वेसीको कर्मचारीले भन्छ । कहाँबाट त्यत्रो पैसा तिर्नु । न तिर्न सक्छु न नेपाल फर्किन्छु । जीवनको आस मारिसकेको छु । नेपालमा जस्तो छ छदैं छ विदेशमा पनि पैसा ठग्ने र जानै जाने गरी घुसखाने चलन छ । भावुक स्वरमा उनले भने के गर्ने हजुर म जिउँदो घर अर्थात नेपाल फर्किन चाहन्छु ।

सप्तरी छातापुरका एजेन्ट फनिलाल साहले १३०००० एक लाख तीस हजार पैसा लिएर काठमाण्डौ ललितपुर कुपनटोलमा रहेको द.न.३१८/०५९/०६० को अल्जाफर मेन्पावरबाट अलमुनियम फैक्ट्रीमा लेबर कामको लागि आठ घण्टाको १००० तलवको एग्रिमेन्ट नेपालबाट बनाएर पठायो । तर, उनले भनेको सेलरी कहिले पाएन ।

न त भनेको काम नै पायो । लेबर कुल्लीको काम गरिरहेका छन् । महिने पिच्छे उनले कहिले सेलरी पाउँदैन्, पाएन पनि । तीन चार महिनामा कम्पनिले सेलरी दिन्छ त्यो पनि पुरै दिदैन् । पुरै सेलरी माँग्दा कम्पनीको मुदिर हामी नेपाली कामदारमाथि जाई लाग्छ । दुख पिडा र मान्सिक यातना दिन्छ । कम्पनिको आईडी कार्ड र एकमा खोसेर बदमास बंगाली,मिश्रीहरूको अप्ठयारो ग्रुप र ठाउँमा हालेर थप पीडा दिन्छ ।

त्यसैले केही बोल्नु भन्दा सहेरै बस्नु परेको छ । अझैं पनि कति दिन दिनभरी काम गर्यो रातमा भोकै बस्नु पर्ने हुन्छ । नातागोता साथीभाईहरूबाट सापट मागेर कति दिन साउदि अर्बमा/विदेशमा बाँच्नु ? दिन दोगुणाले दुख बढेको छ । पिडीत रामचरणले आफू जिउँदो लास सरी बाँचीरहेको बताए ।

यति ठूलो अप्रेशनको बाबजुद पनि कम्पनीले कुनै खर्च दिएको छैन् । उल्टो नेपाल फर्किन सास्ति खेप्नु परेको छ । आफ्नै खर्च जुटाएर एेनतेन बाँचेको छ । घर जान्छु भन्दा पनि जान दिएको छैन् । कतै मेरो यो हालतको बारेमा खबर गर्दा नि कम्पनीले थप पिडा दिन्छ । ठाउँ नै चेन्ज गरी दुख दिन्छ ।

नेपालबाट भनेर आएको तलव नी छैन् । थोरै तलव दिन्छ कम्पनीले । त्यसमा पनि कसैले पोल लगायो भन्ने काम गरेको ज्याला पनि काट्ने गरेको छ । नेपाल एम्बेसी धाएको ६ महिना भैसक्यो । तर, हाम्रै देशको कर्मचारीले सहयोग गरेको छैन् एम्बेसीमा । सबै पैसा म व्यहोर्छु भन्दानी कुनै चासो देखाउदैन् ।

तस्वीरमा भएको वैदेशिक रोजगार गर्न गएको एक नेपाली युवा रामचरणको कारूणिक व्यान जस्ताको त्यस्तै प्रस्तुत छ । उनी अहिले साउदी अर्बको लाफ्टा नाजाह फैक्ट्रीमा(lafta najah factory)छन् । फ़ोटो :राजेश बिद्रोही

from http://daily.gulfact.com/%E0%A4%B8%E0%A4%BE%E0%A4%89%E0%A4%A6%E0%A5%80-%E0%A4%85%E0%A4%B0%E0%A4%AC%E0%A4%AE%E0%A4%BE-%E0%A4%8F%E0%A4%95-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%A6/

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment