खाडीमा काम गर्ने हरुलाई सूचना ! बिदामा फर्केकाको समेत श्रम स्वीकृति रोकियो (सेयर गरि सबैलाई जानकारी गराउ)

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0


चैत्र ३०, २०७३- खाडीमा कार्यरत घरेलु कामदार (हाउसमेड) लाई पुन: सोही ठाउँ फर्कन नपाउने गरी सरकारले पुन: श्रम स्वीकृति दिन प्रतिबन्ध लगाएको छ । यो निर्णयले बिदामा आएका कामदार कार्यस्थल फर्कनबाट वञ्चित भएका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले घरेलु कामदारसम्बन्धी निर्देशिका कार्यान्वयनमा प्रतिबन्ध लगाएपछि श्रम मन्त्रालयले सबै प्रकारका घरेलु कामदारको श्रम स्वीकृति रोकेको हो ।

यो निर्णयले खाडीमा कार्यरत झन्डै एक लाख घरेलु कामदार प्रभावित बनेका छन् । भारतीय बाटो वा नेपालकै विमानस्थलमा सेटिङ गरी उनीहरू विभिन्न खाडी मुलुक पुगेका थिए ।

नेपाली दूतावासका अनुसार कुवेतमा २३ हजार, साउदी अरबमा ३५ हजार, ओमनमा ८ हजार, लेबनानमा ८ हजार, इराकमा २० हजार, यूएईमा १५ हजार, बहराइनमा १० हजार र कतारमा ३ हजार हाउसमेड कार्यरत रहेको अनुमान छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले दूतावासको पत्र बोकेर आएका हाउसमेडको समेत श्रम स्वीकृति रोकिएको बताए । ‘खाडीमा घरेलु कामदार पठाउन रोकिएको छ,’ उनले भने, ‘पुन: श्रम स्वीकृतिमा जाने महिला कामदार पनि रोकिएका छन् ।

’ विभागले श्रम स्वीकृति नलिई अवैध बाटो खाडी मुलुक गएका महिला कामदार बिदामा आएका बेला वैध बनाउन पुन: श्रम स्वीकृति दिने व्यवस्था थियो ।

पुन: सोही देश जानुपरे विभागले दूतावासको सिफारिस खोज्दै आएको थियो । पुन: श्रम स्वीकृति लिने प्रक्रियामा चलखेल गरी जाँदै नगएकाले पनि लिन थालेपछि विभागले बन्द गरेको हो ।

हाउसमेड महिलाले सरकारी निर्णयप्रति आपत्ति जनाउँदै घरेलु कामदार प्रतिबन्ध हटाउन माग गरेका छन् । सरकारले आफ्नो रोजगारी खोसेर परिवार पाल्ने दायित्वबाट वञ्चित गरेको उनीहरूले बताए ।

‘घरेलु काममा आएका सबै पीडित भएका छैनन् । सबै घर उस्तै हुँदैन, जुन राम्रो छ, त्यही घरमा काम गर्ने हो,’ ओमनमा १८ वर्षदेखि कार्यरत झापाकी शारदा कार्कीले भनिन्, ‘यो प्रतिबन्धले हामीमाथि ठूलो अन्याय भएको छ । हाम्रो गरिखाने आधार खोसिएको छ ।’ कान्तिपुरको सहयोगमा

from http://daily.gulfact.com/%E0%A4%96%E0%A4%BE%E0%A4%A1%E0%A5%80%E0%A4%AE%E0%A4%BE-%E0%A4%95%E0%A4%BE%E0%A4%AE-%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%87-%E0%A4%B9%E0%A4%B0%E0%A5%81%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%B8/

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment