७ वर्षको कतार बसे पछि आफ्नै गाऊ फर्किएर ३ करोड लगानीमा आधुनिक गाई पालन सन्चालन

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0


धनकुटा खबर, चैत ३१ । बैदेशिक रोजगारबाट फर्किएर धनकुटा परेवादिन गाविसका एक यूवाले आफ्नै गाउँमा करोडौं खर्चेर आधुनिक गाई फर्म सन्चालनमा ल्याएका छन् ।

वैदेशिक रोजगारका क्रममा ७ वर्ष कतार बसेर फर्किएका नाम्जाङ ७ का ४४ बर्षिया भरत गुरुङले ३ करोड लगानीमा आफ्नै गाउँमा उक्त फर्म सन्चालनमा ल्याएका हुन् ।


तस्वीर: भरत गुरुङ्ग आफूले पालेका गाईहरु संग र निर्माणाधिन आधुनिक गोठ
बिदेशबाट फर्किएर २०६८ सालबाट ५ लाखको लगानीमा ३ वटा गाईबाट व्यबसाय शुरु गरेका उनी संग हाल प्रति गोटा १ लाख देखि २ लाख ५० हजार सम्मका २५ वटा होलस्ट्न र जर्सी जातका उन्नत गाई छन् ।

हाल ५० लाखको लगानीमा आधुनिक गोठ पुनःनिर्माणको चरणमा रहेको उनको फर्ममा परेवादिनको सिंधुवा बजारमा रहेको कामाधेनु दुग्ध सहकारीको १ करोड ३० लाख र अन्य व्यत्तिगत लगानी रहेको उनले जानकारी दिए ।

व्यवसायिक गाईपालनमा नाम कमाएको ईलाम, गोरखा र काठमाडौं भ्रमण पछि गोरखाका राजेन्द्र पन्तको कामाधेनु गाई फर्मबाट प्रेरित भएर आफू गाई पालनमा लागेको उनले बताए ।

‘आफ्नै देशमा केहि गरौ भनेर बिदेशबाट फर्किएको थिएं’,उनले भने,‘गाईपालनमा राम्रो सम्भावना देखेर लगानी गरेको हुं ।’

२०७० सालमा मकालु गाई फार्म दर्ता गरेर आफूले बिदेशमा कमाएको थप २० लाखको लगानीमा ७ वटा गाई थपेका उनले यो बर्ष कुल ३ करोड भित्रमा फर्म पुरा हुने जानकारी दिए ।

हाल दैनिक १ सय ५० लिटर दुध बेचिरहेका उनले फर्म पूर्ण रुपमा सन्चालनमा आएपछि ५० वटा उन्नत जातको माउ पालेर दैनिक ५ हजार लिटर दुध उत्पादन गरेर बेच्ने जानकारी दिए ।

बिदेशमा रहंदा मासिक ५० हजार कमाउने उनले हाल मासिक १ लाख ५० हजारको कारोबार गरेर १ लाख सम्म आम्दानी गर्ने गरेको बताए ।

गाई पालनको लागि १ सय ५० रोपनीमा उन्नत जानको घाँस खेती लगाएका उनले हाल मासिक ७ देखि १५ हजारको तलब दिएर ७ जनालाई रोजगार समेत दिईरहेका छन् ।

जिल्ला पशुसेवा कार्यालयको तथ्यांक अनुसार हाल धनकुटामा ४६ गाई÷भैसी फर्महरुबाट सन्चालनमा रहेका छन् ।

जिल्लामा उत्पादित १७ हजार पाँच सय लिटर दुध मध्ये दैनिक धनकुटाबाट ६ लाख ७५ हजार रुपैया बरावरको १५ हजार लिटर दुध तराईका जिल्लामा निर्यात् हुन कार्यालयले जानकारी दिएको छ ।

from http://www.dhankutakhabar.com/news/62884

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment