मलेसियामा पाँच लाख नेपाली यसरी परे संकटको भुमरीमा !

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0


चैत २०, मलेसिया । मलेसियाली मुद्रा ‘रिगिट’ मा आएको भारी गिरावटका कारण ५ लाखभन्दा बढी कामदार प्रत्यक्ष मारमा परेका छन् ।

रिंगिटमा आएको गिरावट करिब दुई दशकयताकै सबैभन्दा बढी हो। सन् १९९७ को ‘एसियाली आर्थिक मन्दी’ यता रिंगिट सबभन्दा कमजोर अवस्थामा पुगेको हो ।

नेपालसँग औपचारिक रुपमा करिब १६ बर्षे रोजगारी इतिहास बोकेको बैदेशिक रोजगारको प्रमुख गन्तब्य मलेसियाको श्रम बजार यतिबेला संककटपूर्ण बनेको छ । मलेसियाली राष्ट्र बैंक ‘बैंक नेगरा’को तथ्याकं अनुसार सन् २०१३ को सुरुवाती दिनमा एक अमेरिकी डलरको खरिदर ३ दशमलव १० रिंगिट रहेकोमा हाल करिब ४ दशमलव ४५ रिंगिट हाराहारीमा छ ।

त्यतिबेला प्रतिरिंगिट ३३ रुपैंया सटही दर भएकोमा हाल झरेर २३ रुपैंयाँ ५० पैसा पुगेको छ ।

नेपालमा बढ्दो महंगी र मलेसियामा घट्दो रिंगिटको मारमा यहाँ कार्यरत नेपाली परेका छन् । मुलुकमा बेरोजगारीका बाबजुत आफ्नो कमाइमै आश्रित परिवार धान्न गारो परिरहेको मलेसियामा कार्यरत नेपाली बताउँछन् । -कान्तिपुर दैनिक

- See more at: http://sajhasabal.com/newspaper/19806#sthash.6noEJ3EH.dpuf

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment