४ वर्ष कतार बस्दा हातमा ५० हजार मात्रै ! यस्तो पनि के कतार बसाइ भयो (अवस्य पढ्नुहोस)

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

४ वर्षअघि कतार उड्दै गर्दा विनोद कुमारको उद्देश्य एउटै थियो थियो, नयाँ दुलहीको मुहारमा खुसी ल्याउने । सयकडा ३ देखि ४ रुपैयाँसम्मको चर्को ब्याजमा एकलाख रुपैयाँ ऋण लिएर काठमाडौं ठमेलको एउटा म्यानपावरलाई बुझाउँदा कहिल्यै ऋणको बोझ नबोकेका विनोद कुमारलाई पर्नु पिर परेको थियो ।
यस्तै बाध्यताकाबिच २०६१ सालमा कतार जानुभएको थियो, रामेछापको रामपुर गाविस—१ साहिटारका दिनोद कुमार मगर । उहाँलाई म्यानपावरले महिनाको ५ सय ५० रियाल तलब हुने अनि दिनको २ घण्टा ओभरटाइम पनि हुन्छ भनेको थियो । त्यसमा पनि खाने बस्ने सुबिधा पनि छ भनेर एजेन्टले पहिल्यै फकाएका थिए । ‘उनीहरुका कुरा सुन्दा ओभरटाइम र तलबको पैसा जोगाउँदा ८ महिना जतिमा ऋण तिरिसक्छु अनि बाँकी १६ महिना कमाएर घर फर्कन्छु भन्ने लागेको थियो’ विनोदले भन्नुभयो ।तर कतार पुगेपछि न एजेण्ट र म्यानपावरले भनेजस्तो भयो, न त विनोदले सोचे जस्तो नै । कतारको मिडम्याक भनिने कम्पनी अन्तर्गत बिल्डिङ कन्सट्रक्सनमा स्टील फिक्सर हेल्परमा गएका विनोदकुमारले पहिलो महिनाको तलब ४ सय रियाल मात्रै पाएपछि विदेश जाने बेला देखेको सपना पूरा नहुने अड्कल काटिसक्नुभएको थियो । त्यसमा पनि कम्पनीले खानाको भन्दै १ सय ५० रियाल काटेपछि उहाँ झनै निराश हुनुभयो । ‘नेपालमा भए पो ठेकेदार र मालिकसँग भने अनुसारको तलब किन नदिएको भनेर झगडा गर्नु त्यहाँ त न भाषा आउँछ न कामको सिप नै छ, त्यसैले केही गर्न सकिएन’ विनोदले भाषा र सीप नजान्दाको पीडा सुनाउनुभयो ‘काम गर्न नजान्दा मालिकले अरवी भाषामा गाली गथ्र्यो तर उसले गाली गरेको हो भन्ने कुरा उसको बिग्रेको अनुहार र शरीरको हाउभाउले थाहा हुन्थ्यो ।’
साहुले गाली गरेपछि उहाँले पनि त्यसको जवाफ फर्काउनुहुन्थ्यो । तर अरबी भाषामा होइन नेपालीमा । ‘उसले गाली गरेको मैले बुझ्दिनथें, अनि मैले गाली गरेको उसले पनि बुझ्दैनथ्यो’ विनोदले दुःखको बिचमा भएको रमाइलो पनि साट्नुभयो । उसले नबुझेर अरुलाई सोध्यो, तर साथीहरुले केहि पनि होइन भनेर जोगाइदिन्थे विनोदलाई । विनोदसँग हातमा सीप थिएन, त्यसैले सोचे जस्तो काम पाउनुभएन । साहुले पनि उहाँबाट भने जस्तो काम लिन नपाएपछि उहाँहरुबिचको भनाभनको दोहोरी एक वर्षसम्मै चलिरह्यो । तर जति झगडा गरेपनि सीप नभएकाले उहाँको केही चलेन । उहाँसँगै काम गर्ने सीप भएकाहरुले महिनाको ९ सय रियालसम्म कमाउँथे, तर उहाँले ४ सय रुपैयाँमै चित्त बुझाउनुपर्यो ।
कमाइ नभएपनि जाँदा लागेको ऋण बढेर कमाएको भन्दा धेरै भइसकेको थियो । त्यसैले ऋण तिर्न ३ वर्ष लाग्यो । अनि त्यतिञ्जेलमा बचाएको एक लाख रुपैयाँ भित्रैबाट श्रीमतीका लागि लुगाफाटो र आफन्तका लागि विदेशको चिनो लिएर २०६५ सालमा घर आईपुग्दा त ५० हजार मात्र थियो साथमा ।त्यतिबेला उहाँलाई ४ वर्ष बरु स्वदेशमै काम गरेको भए त्यो भन्दा बढी कमाउन सकिन्थ्यो भन्ने लाग्यो । अहिले उहाँ रामेछाप बजारमा दिनको एक हजार रुपैयाँ ज्यालामा ज्यामी काम गर्दै हुनुहुन्छ । विनोद भन्नुहुन्छ ‘विदेशमा गर्ने मेहनत आफ्नै स्थानिय गाउँ बजारमा लाज नमानी गर्ने हो भने खाँडी मूलुकमा जती सम्पती स्वदेशमै कमाउन सकिँदोरहेछ ।’

http://jhapapost.com/archives/1809

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment