तीन दलको बैठकमा मिलेन कुरा, एमालेले संसदमा कडा प्रतिवाद गर्ने, संशोधन प्रस्ताव आज जसरी पनि अगाडि बढाउने सत्तापक्षको तयारी

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0


काठमाडौं, ४ पुस । संसदको जारी गत्यावरोध हटाउन सभामुख ओनसरी घर्तीमगरले आह्वान गरेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक विना निश्कर्ष सकिएको छ । संसद सचिवालय सिंहदरबारमा बसेको बैठकमा सभामुख घर्तीमगरले तीन दलको शीर्ष नेतालाई बोलाएर सहमतिमै संसदको गतिरोध अन्त्य गरी संसद खुलाउन पहल गरेकी थिईन । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले संशोधन प्रस्ताव कुनै हालतमा सदनमा पेश गर्न नदिने चेतावनी दिएका छन् । उनले संशोधन प्रस्ताव अहिले आवश्यकत्ता नै नभएको भन्दै त्यसको विरुद्धमा आफ्नो पार्टीले कडा प्रतिवाद गर्ने चेतावनी दिएको स्रोतले जनायो ।

बैठकबाट बाहिरीएका एमाले उपाध्यक्ष वामदेव गौतमले पनि आफूहरुले अहिलेको अवस्थामा संशोधन प्रस्ताव आवश्यक नै नभएको कुरा सत्तारुढ दललाई ध्यानाकार्षण गराएको जनाए । तर सत्तारुढ दलले चुनाव गर्ने सहमतिमा संशोधन प्रस्तावलाई सहयोग गर्न आग्रह गरेको भएपनि आफूहरुले त्यो भुक्याउनको लागि मात्रै यस्तो कुरा गरेको भन्दै त्यसलाई कुनै हालतमा नमान्ने धारणा राखेको जनाए ।
उता सत्तारुढ दल नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सबै कुरा सहमतिमै अर्थात प्याकेजमै टुँगो लगाउनेबारे आजको बैठकमा सहमति भएको जानकारी दिए । उनले अघि भने,“सबै कुरा सहमतिमै प्याकेजमै टुँगो लगाउने बारेमा आज छलफल भएको छ, तर सभामुखले के गर्नुुन् निर्वाचन, संविधान कार्यान्वयन गर्नुपर्छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी थिए । बैठकमा घर्तीले तीनै दलका नेतालाई सहमति र सहकार्य गरेर अगाडि बढ्न आग्रह गरेकी छन्। गत मंसिर १४ गते संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव आज जसरी पनि अगाडि बढाउने सत्तापक्षको तयारी रहेको छ भने त्यसलाई जसरी पनि रोक्ने प्रमुख प्रतिपक्षी एमालेले बताउँदै आएको छ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment