एक करोडभन्दा बढीको लागतमा सहकारीको भवन निर्माण

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0


रामपुर (पाल्पा), ४ पुस – स्थानीय अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाले रु एक करोड २४ लाखको लागतमा तीनतले (२४ कोठे) भवन निर्माण गरेको छ ।जिल्लाको रामपुर, जब्गादी, ताहुँ र रामटारमा कार्यालय स्थापना गरी सेवा दिँदै आएको सो सहकारीले एक रोपनी जग्गामा सुविधासम्पन्न भवन निर्माण गर्न सफल भएको अध्यक्ष तीर्थप्रसाद पँगेनीले बताए ।सहकारीमा आठ हजार एक सय ६७ सेयर सदस्यमध्ये ६ हजार नौ सय ५९ महिला र एक हजार दुई सय आठ पुरुष छन् । सो सहकारीले रामपुर नगरपालिकसहित पूर्वी पाल्पाका १६ गाविसमा सेवा दिँदै आएको छ ।

संस्थामा सेयर पुँजी रु तीन करोड ८२ लाख १४ हजार एक सय, बचत निक्षेपतर्फ रु २६ करोड ८७ लाख ५० हजार दुई सय ३२, आम्दानीतर्फ रु पाँच करोड ७३ लाख ५९ हजार सात सय ८३, खर्चतर्फ रु चार करोड १७ लाख १५ हजार तीन सय ३५, खुद नाफा रु एक करोड २४ लाख ३६ हजार चार र कुल पुँजी रु ४२ करोड ४७ लाख २३ हजार दुई सय ८३ रहेको व्यवस्थापक दीपेन्द्रप्रसाद पौडेलले बताए ।सहकारीले महिलालाई आयआर्जनमूलक व्यवसायमा उत्प्रेरित गराउन २०६४ सालबाट लघुवित्त कार्यक्रम सञ्चालन गरी बिनाधितो रु डेढ लाखसम्म सहुलियत दरमा ऋण प्रवाह गर्दै आएको छ ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment