युएई, साउदी र कतारमा काम, नेपालमा तलब

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
उजिर कार्की/उज्यालो ।
काठमाडौं, पुस ९– मोरङ ३ विराटनगरका पिताम्बर ध्वज भट्टराई डेढ वर्ष दुवईमा काम गरेर गएको साउनमा घर फर्किनु भयो । दुवईमा कामको सबै ज्याला पाउनु भएको थिएन ।
एएस इन्टरनेश्नल प्रालिले पठाएको कम्पनीमा भने अनुसारको काम त पाउनु भएन नै पाएको काम अनुसारको दाम पनि मिलेन । त्यो कम्पनीले ओभरटाइमको ज्याला नै दिएन ।
दुवई बाटै म्यानपावरलाई समस्या बताउनु भयो । तर पहल गर्छु भनेका म्यानपावरका कर्मचारी सम्पर्क बिहिन भए । कुनै सुनुवाई गरेनन् । तीन महिनापछि उहाँले कम्पनी परिवर्तन गरेर आवुधावी नेश्नल होटलमा काम थाल्नुभयो । होटलमा १५ महिना काम गरेर गएको साउनमा नेपाल फर्किनुभयो ।
होटलमा काम गर्दा माहिनाको झण्डै ७५ हजार रुपैयाँ कमाई हुन्थ्यो । त्यहि कमाइले जाँदाको लागत उकास्नु भयो र बचत पनि भयो ।
तर म्यानपावरले ठगेको रनाहले छाडेको थिएन । ९५ हजार रुपैयाँ लिएर पठाएको म्यानपावरले विदेशमा अप्ठेरो पर्दा सहयोग नगरेको रिस मरेकै थिएन । १८ दिनको ओभरटाइमको तलब पनि पाउन बाँकी नै थियो ।
साउन ३० गते पिताम्बरले म्यानपावर कम्पनी विरुद्ध उजुरी गर्नुभयो । वैदेशिक रोजगार विभागमा उजुरी परेको एक हप्ता बित्न नपाउँदै म्यानपावर सञ्चालकले पिताम्बरलाई विदेशमा नपाएको ५० हजार रुपैयाँ दिए ।
म्यानपावर सञ्चालकलाई तह लगाउन उहाँसँग सबै कागजात सुरक्षित थिए । फोनमा भएको कुरा र एसएमएस पनि प्रमाणका रुपमा थिए । दुवैमा नमिलेको ओभर टाइमको रकम नेपालमै हात लाग्यो ।
साउदीमा काम गरेका चन्दाले नेपालमा थापे तलब
चितवनको कालिका नगरपालिका १० का चन्दा महतो साउदी गएको ६ महिनामै नेपाल फर्किनु पर्‍यो । पिजन इन्टरनेश्नल म्यानपावर कम्पनीलाई ७० हजार रुपैयाँ तिरेर साउदी पुगेका चन्दाले काम गरेको तलब नपाएपछि बिचल्लीमा पर्नुभयो ।
कम्पनीले खान बस्न दिएपनि अरु तलब दिएन । ६ महिना साउदीमा हण्डर खाएका चन्दाले नेपाल फर्किएर वैदेशिक रोजगार विभागमा उजुरी दर्ता गर्नुभयो । तर म्यानपावर सञ्चालकले विभागलाई पनि टेरेनन् ।
विभागको निर्णय अनुसार म्यानपावरले तलब दिलाउन अस्वीकार गर्‍यो । त्यसपछि विभागले धरौटी रकम बाटै कटा गरेर चन्दालाई तलब दिलायो । साउदीमा ६ महिना काम गरेका चन्दाले पनि नेपाल फर्किएपछि २ लाख ३१ हजार रुपैयाँ पाउनुभयो ।
दुई पटक गठीएका मोहमद फेरि उजुरी गर्दै
गएको वैसाखमा रोजगारीका लागि कतार जाँदा सुनसरीको भुटाहा ७ का मोहमद इब्राहिमले ८० हजार रुपैयाँ दलाललाई बुझाउनु भएको थियो । जानेबेला गाउँकै सोहेल अन्सारीले राम्रो काम र तलबको आश देखाएका थिए ।
इलेक्ट्रिसियनको काम भनिएको थियो । तर एक हप्ता मात्रै त्यो काम पाउनुभयो । त्यसपछि सप्लाई कम्पनीमा सारेर लेवरको काम लगायो ।
महिना मर्दापनि तलब दिएन । कम्पनीमा कुरा गर्दा पर्खि भन्यो तर तीन महिना सम्म पनि पैसा दिएन । त्यसपछि मोहमद नेपाल फर्किनुभयो । तीन महिनामै फर्किएका मोहमदले एजेन्टसित कुरा गर्नुभयो । तर पैसा दिने छाँटकाँट नदेखेपछि वैदेशिक रोजगार विभागमा भदौ ५ गते उजुरी गर्नुभयो ।
उजुरी परेको थाहा पाएपछि भने रेडिन्ट ओभरसिजका सञ्चालकले चासो देखाए । उहाँलाई जाँदा लागेको खर्च एजेन्टले नै दिन्छ भन्दै तलब वापतको ३५ हजार रुपैयाँ दिए ।
तर इब्राहिमलाई अहिले सम्म पनि एजेन्टले पैसा दिएको छैन । फेरि उहाँ एजेन्टका विरुद्ध उजुरी गरेर पैसा असुल्ने तयारीमा हुनुहुन्छ ।
यसरी विदेशमा ठगीएर फर्किएका र प्रमाण भएकाहरुले नेपालबाटै रकम असुली रहेका छन् । तर आवश्यक प्रमाण र कानूनि प्रक्रियाका बारेमा थाहा नपाउँदा ठगीनेको संख्या धेरै छ ।
FROM उज्यालो

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment