कतारमा दुई नेपाली बिचल्लीमा

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
काठमाडौं, ९ पुस –रोजगारीका निम्ति कतार पुगेका दुई नेपाली विचल्लीमा परेका छन् । कम्पनी छाडेर भागेका बाराको भलायोखोरका कृष्णप्रसाद न्यौपाने र धनुषा भट्टियानका राजकुमार सादा सैलियाको एक गोदाममा बसेका छन् । १६ महिना अघि कतार पुगेका उनीहरुको चार महिना देखी बिचल्लि भएको छ । दुबै जना परिवारको सम्पर्कमा नभएको त्यहाँ कार्यरत होमबहादुर बस्नेतले बताए । कृष्णप्रसाद एक वर्ष सम्म नेपाली मालिककैमा काम गरिरहेका थिए । पछि तलव र अकामा कार्ड नदिएपछि भागेको थिए । कम्पनीबाट ६० हजार रुपैयाँ तलव लिएपनि पछि काम र तलव नदिएपछि कम्पनी छाडेर हिँडेको राजकुमारले बताए । अहिले उनीहरु त्यहाँ कार्यरत नेपालीसित सहयोग मागेर खाइरहेको र अवस्था दयनिय रहेको बस्नेतले जानकारी दिए ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment