कतार मा कार्यरत नेपाली को लागि आयो निकै खुसीको खबर अब रोजगारदाताको अनुमतिमा पार्टटाइम काम गर्न पाउने

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
रोजगारदाताको अनुमतिमा पार्टटाइम काम गर्न पाउने
कतारका रोजगारदाताले आफूसँग कार्यरत कामदारहरुलाई ६ महिनाको लागि अर्को रोजगारदाताकहाँ काम गर्न जान लिखित अनुमति दिने सक्ने आन्तरिक मन्त्रालयले जनाएको छ । त्यस्तो अनुमति त्यत्ति अवधिको लागि नवीकरण पनि गर्न सकिने मन्त्रालयले जनाकारी गराएको छ ।

कामदारले पनि आफ्नो सुरुको रोजगारदाताको लिखित अनुमतिमा अर्को रोजगारदाताकहाँ पार्टटाइम काम गर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । नयाँ आवासीय कानुनका प्रमुख विशेषतामाथि प्रकाश पार्ने क्रममा मन्त्रालयले कतारी आवास अनुमतिपत्र भएको आप्रवासी ६ महिनाभन्दा बढी समय मुलुक बाहिर बसेको भए पनि ऊ तोकिएको जरिवाना तिरेर एक वर्ष भित्रमा रिर्टन भिषामा कतार फर्किन सक्ने जनाएको छ ।

कतारी आवास अनुमतिपत्र भएको विदेशी नागरिकले उचित कारण छ भने अध्ययन अघि बढाउन चाहने छोराहरुका लागि छोराहरु लागि छोराहरु २५ वर्ष नहुन्जेल र अविवाहित छोरीको लागि आवासीय अनुमति पाउने मन्त्रालयले जनाएको छ ।
नवजात शिशुले जन्मेको वा कतार प्रवेश गरेको मितिले ९० दिनभित्र आवास अनुमति पाउन सक्छ । यसका लागि उसका अभिभावसंग वैध कतार आवास अनुमतिपत्र हुनुपर्नेछ ।

भिजिट भिषामा वा अन्य प्रयोजनको लागि कतार आउने विदेशीको हकमा उनीहरु ३० दिन भन्दा बढी अवधि बस्दैनन् भने अनिवार्य स्वास्थ्य जाँच गराउनु नपर्ने मन्त्रालयले प्रस्ट पारेको छ । भिषा अवधि सकिएपछि पनि नवीकरण गरेनन् भने त्यस्ता विदेशी कतार बस्न पाउने छैनन् ।
तर साबिकको रोजगारदाताको अनुमतिबिना अर्कोकोमा काम गर्न आप्रवासीलाई कानुनले प्रतिबन्ध लगाएको छ ।

राजधानी अन्तर्राष्ट्रिय साप्ताहिक बाट साभार
source qnradio.com\/5173

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment