यमबुद्व आत्महत्याको नयाँ रहस्य पर्दाफासअन्त्यष्टिमा उनकी धर्मपत्नि अस्मिता नआउनु त्यसकै मुख्य कारण

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
काठमाडौं – ‘बाबा, बाबुले मैले बोलेको सुनेन । मेरो बाबु उठ्छ । मलाई छोडिदेउ, ऊ उठ्छ ।’

यमबुद्धकी आमा उर्मिला अधिकारीले यसरी चिच्याउँदा श्रद्धाञ्जलीमा उपस्थित सबैका आँसु रसाए । शनिबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छोराको शवलाई देखेपछि उनी बेस्सरी चिच्याउन थालिन् र श्रीमानलाई सोध्न थालिन्, ‘बाबा, यो के भयो ? बाबुले मैले बोलेको सुनेन ।’

दाहिने पट्टी फर्किएर चीर निन्द्रामा सुतिरहेका छोरालाई उनले पटक– पटक बोलाइरहिन्, ‘मेरो बाबा, मेरो बाबा’

जतिसुकै पीडा भएपनि उनले आफ्नी अर्धाङ्गिनीलाई सम्हालिरहेका थिए । श्रीमती उनको काँधमा अडेस लगाइरहेकी थिएन्, उनी आँसु झार्दै निःशब्द एकोहोरिए । आमालाई सम्हाल्न उनकी छोरी पनि लागिपरेकी थिइन् । छोरीका नओभाएका आँखाले आमालाई हेरिरहेका थिए । आमा जबजब रुन्थिन्, चिच्याउँथिन्, ‘मामु, भन्दै अँगालो हाल्थिन् ।’

यमबुद्धकी श्रीमती अस्मिता सेढाईं भने देखिइनन् ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment