मलेसियामा नेपाली युवाद्वारा आत्महत्या

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका सप्तरीका एक युवाले आत्महत्या गरेका छन् । करिब तीन वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका सप्तरीको कटैया गाविस–१ का २५ वर्षीय अशोक माझीले गत बुधबार राति आत्महत्या गरेको परिवारजनले जानकारी दिएका हुन् । यो खबर आजको नयाँ पत्रिकामा छ । बिहीबार बिहान मलेसियास्थित कोठामै मृत भेटिएपछि साथीभाइले कटैयास्थित उनको घरमा खबर गरेको आफन्त बिन्देश्वर माझीले बताए । उनले मृतकको शव नेपाल ल्याइदिन सरकारसमक्ष आग्रहसमेत गरे । एक वर्षअघि मात्र बुबाको मृत्यु भएको र उनका दाजुको पनि केही वर्षअगाडि दुवै मिर्गौला फेल भएर मृत्यु भएको थियो । उनी परिवारमा कमाउने एक्ला सदस्य थिए । source=osnepal

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment